भूटानी शरणार्थीहरुबीच उच्च पदाधिकारीहरुको अन्तरकृया

अपेक्षा गरेको कुरा नआउँदा शरणार्थीहरुमा खिन्नता

0
2385

अपेक्षा गरेको कुरा नआउँदा शरणार्थीहरुमा खिन्नता
डिकेश लामा, अशोज १९ गते 

बेलडाँगी/भूटानी शरणार्थीलाई रेखदेख गर्दै आएको सरोकारवाला निकायको उच्च पदाधिकारीहरुको टोलीले आज शरणार्थीहरुसँग भेटघाट तथा अन्तकृया गरेको छ । भूटानी शरणार्थी शिविर वेलडाँगीमा शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च आयुक्त नेपालका प्रमुख केभिन एलेन, गृह मन्त्रालय अन्तगर्त शरणार्थी मामिला समन्वय सम्बन्धी राष्ट्रिय इकाइका प्रम्ुख रामकृष्ण सुवेदी, झापा जिल्ला प्रमुख अधिकारी ऋषिराम तिवारी लगातय अन्य जिम्मेवार पदाधिकारीहरुको टोलीले शरणार्थीहरुसँग एक कार्यक्रमबीच छलफल तथा अन्तकृया गरेको छ ।

कार्याक्रममा बोल्दै आयुक्तका नेपाल प्रतिनिधि एलेनले आफूहरु सँधै शरणार्थीसँगै रहने र शरणार्थीको समस्या समाधानको विषयमा नेपाल सरकारसँग समन्वय गरी सवैको सहयोगमा कदम चाल्ने बताउनु भयो । यता इकाइका प्रम्ुख सुवेदीले भने शरणार्थीहरुको अन्तिम समधान भनेको स्वदेश फिर्ती या तेस्रो मुलुक पुनर्वास नै भएको बताउनु भयो । शरणार्थीलाई नेपालमा स्थानीयकरण गर्ने विषयमा संचारकर्मीले जिज्ञासा राख्दा सुवेदीले यस विषयमा हाललाई बोल्न नमिल्ने बताउनु भयो ।
कार्याक्रममा शरणार्थीका तर्फबाट शिविर व्यवस्थापन समितिका सचीव टिकाराम, सल्लाहकार तथा पूर्व सचीव युवराज राई, शिविरका अगुवा सुमन राई, राजमान गुरुङ्ग लगायतले शरणार्थीहरुमा भएको समस्याबारे धारणा राख्नु भएको थियो ।
कार्यक्रममा शरणार्थीहरुको २५ बर्षको बसाई वितिसक्दा पनि उच्च पदाधिकारीले स्पष्ट धारणा नल्याएको भन्दै शरणार्थीहरुले गुनासो समेत पोखेका छन् । यस विषयमा शिविर सचीव रसाइलीले हात्ती आयो हात्ती आयो फुस्स भनेको जस्तै भयो भन्नु भयो । उहाँले भन्नु भयो हामीले यस पटकको यो उच्च स्तरीय टोलीले पक्कै पनि शरणार्थी समस्याका विषयमा निचोड धारणा सुनाउँछन भन्ने थियो तर त्यो भएन ।
हामी शरणार्थीहरुको विषयमा यस पटक भने केही हुन्छ भनेर बसेका शरणार्थी अगुवाहरुले कार्याक्रम पछि आफूहरु खिन्न भएको बताएका छन् ।
कार्यक्रममा शिविर अगुवाहरुले उच्च पदाधिकारीहरुलाई खादा पहिरन गरी स्वागत समेत गरिएको थियो ।

See video

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here