अमेरिकामा दशैं तिहार विशेष कार्याक्रम हुने

कार्याक्रममा भूटानीको अवस्था र पीडाको पुस्तक पनि विमोचन हुने

0
3377

अशोज २१, २०७४
वेलडाँगी/नेपाली कला, साहित्य र संगीतको संरक्षण गर्ने उद्देश्यका साथ अमेरिकाको टेनिसी स्टेटको नास भेलीमा नेपाली भाषी भूटानी र नेपालीको समूहले दशैं तिहार विशेष कार्याक्रमको आयोजना गर्ने भएको छन् । भोलि सेप्टेम्बर ८ तारिखका दिन नासभली सिटीको हिल्स बोरो स्कूलमा कार्याक्रमको तय गरेको भर्खरै नेपालबाट अमेरिका प्ुग्नु भएका संचारकर्मी डेविट राईले जानकारी दिनु भयो । कार्याक्रममा नेपालबाट गायन क्षेत्रमा राम्रो चर्चा कमाई सकेका दिपक लिम्बु र प्रमोद खरेलले विशेष प्रस्तुती दिने आयोजक भूटनीज नेपाली युवा समूहले जानकारी दिएको छ ।
कार्याक्रममा नेपालबाट अमेरिका स्थानान्तरण भएका अन्य स्थानीय कलाकारले समेत विभिन्न विधाका साँगितिक प्रस्तुती दिने बताइएको छ । कार्याक्रममा पछिल्लो समय भूटानीहरुले आफ्नो देश छाड्दाको अवस्था र भोगेका कुराहरुलाई समेटेर लेखिएको फर्केर हेर्दा नामक संस्मरण पुस्तकको समेत विमोचनको तयारी गरिएको छ ।

फर्केर हेर्दा नामक पुस्तक लामो समय शिविरमा रहेर साँस्कृतिक तथा सामाजिक क्षेत्रमा कार्यारत पथरी शनिश्चरेका देव राईले लेख्नु भएको हो । लेखक राईका अनुसार आफूले देश छाड्दाको आफूले र आफूले जानेका पीडा र अवस्थाबारे समेटिएर पहिलो पटक लेखिएको बताउनु भएको छ । राई पनि केही समय अघि मात्र शनिश्चरे पथरीबाट अमेरिका पुनर्वास हुनु भएको हो ।


विगत ९ बर्ष अघि देखि पूर्वि नेपालको भूटानी शरणार्थी शिविरहरुबाट अमेरिका पूनर्वास भएका १ लाख ५ हजार हाराहारीका नेपाली भाषी भूटानीहरुले नेपाली कला, साहित्य र सँस्कृति प्रवद्र्धन र संरक्षणमा हरेक बर्ष विभिन्न स्थानमा कार्याक्रमहरु गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here