नेपाली भाषाका प्रबर्द्धक भूटानी शरणार्थी मेरा लागि भगवान्ः भाषाविद् डा.शर्मा

0
2220

९ असोज, काठमाण्डौं । भाषाविद् डा. बलदेव शर्मा अधिकारीले भूटानी शरणार्थीले नेपाली भाषा र संस्कृति त्याग गर्न नसकेकै कारण भूटानबाट ९० को दशकमा लखेटिएको स्मरण गर्दै उनिहरुलाई भगवानको संज्ञा दिएका छन् ।

डा.बलदेव शर्मा अधिकारी-भाषाविद्

नेपालको संविधान २०७२ को धारा ७ मा सरकारी कामकाजको भाषा देवनगरी लिपिमा लेखिएको नेपाली भाषा हुनेछ भनेर उल्लेख भएपनि सोको परिपालना सरकारबाटै नभएको प्रसंगबारे globalpostinfo.us सँग विशेष अन्तरवार्ता दिदै शर्माले यस्तो बताएका हुन् । ‘नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्ने ती भगवान भूटानी शरणार्थीलाई नेपालले त सम्मान दिन सकेन सकेन उनिहरुबाट समेत सिक्न सकेन’ उनले भने ‘हुँदा हुँदा अब त संविधानले निर्दिष्ट गरेको व्यवस्थाविपरितकै रोमन लिपिकै प्रयोगलाई सरकारले बढवा दिइरहेको छ ।’

तेस्रो देश पुनर्वास हुँदा समेत भूटानी शरणार्थीले नेपाली भाषाको प्रयोग, संरक्षण र प्रबर्द्धनमा पुर्याएको योगदानप्रति शर्मा भन्छन् ‘म जति भगवानलाई पूजा गर्छु त्यतिकै उनिहरुप्रति पनि सम्मान छ ।’ नेपाली भाषा संस्कृति त्याग्न नसकेका कारण लखेटिएका उनिहरुलाई भूटानै पठाउन नसकेको अवस्थामा नेपाल सरकारले नागरिकता दिनको साटो तेस्रो देश पुनरवासमा पठाउन सहमति दिएर गल्ति गरेको उनको तर्क छ । अझै पनि उनिहरुको सम्मानमा सरकारले नागरिकता दिँदा उपयुक्त नै हुने शर्मा बताउँछन ।

शर्मासँग पत्रकार भूपाल लुइटेलले गर्नुभएको कुराकानीको विस्तृत विवरण यो लिंक क्लिक गरेर हेर्न सक्नुहुनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here