जीबीओको सहयोग: जागृत बाल उद्धार केन्द्रका १७ बालबालिकालाई शैक्षिक सामग्री वितरण

0
30

दमक @newsdeskusa

जीबीओ (GBO) ले जागृत बाल उद्धार केन्द्र नेपालमा आश्रय लिई बसिरहेका १७ जना बालबालिकालाई स्टेशनरी सामग्री वितरण गरेको छ। बालबालिकाका लागि कापी, किताब, पेन, पेन्सिल लगायतका शैक्षिक सामग्री प्रदान गरिएको हो।

वितरण कार्यक्रम जीबीओ यूएसएका “Diaspora Partnership and Foreign Affairs” पदमा कार्यरत भीम गुरुङ तथा जीबीओ नेपालका अध्यक्ष शिला उप्रेतीको उपस्थितिमा सम्पन्न भएको थियो।

कार्यक्रमको उद्देश्य बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउनु तथा उनीहरूको उज्ज्वल भविष्य निर्माणमा टेवा पुर्‍याउनु रहेको जनाइएको छ। जागृत बाल उद्धार केन्द्र नेपालले जोखिममा परेका बालबालिकालाई उद्धार गरी संरक्षण र शिक्षा प्रदान गर्दै आएको छ।

जीबीओले यस्ता सामाजिक तथा शैक्षिक सहयोगमूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here