आखिर काँग्रेश हारेरै गयो

मधेशमा पाँचौ स्थानमा रहेको एमाले नै स्थानीय निर्वाचानमा पहिलो

0
1662

डिकेश लामा
असोज ९ गते, २०७४
असोज २ गते प्रदेश नम्बर २ को ८ जिल्लामा भएको १ सय ३६ स्थानको स्थानीय तहको निर्वाचनबाट काँग्रेशले देशको पहिलो पार्टी बन्ने मौकालाई पुन गुमाएको छ । गत बैशाख ३१ गते भएको प्रदेश नम्बर २,३,४ र ६ प्रदेशमा भएको २ सय ८३ स्थानको निर्वाचनमा १०५ तहमा सिमित गर्दै १२५ तहमा जितेको एमालेलाई हराउँन काँग्रेशले दोस्रो तहको निर्वाचनमा निक्कै कसरत गर्यो । तर काँग्रेशको त्यो कसरतलाई छिचोल्दै एमालेले दोस्रो पटक असार १४ गते भएको निर्वाचनमा २९ तहमा धेरै विजय हात पार्यो । प्रदेश नम्बर १, ५ र ७ मा दोस्रो तहको निर्वाचनमा १२२ सिटमा सिमित काँग्रेशलाई २९ तह बढी विजय गर्दै एमालेले १५१ स्थानमा विजय हासिल गर्यो यसरी लगातार विजय हासिल गर्दै गएको एमालेले हालै असोज २ गते भएको निर्वाचनमा पनि एमाले अगाडि नै हुने दावी गर्दै आएको थियो ।

     तर यस पटकको निर्वाचनमा भने तराईका ८ जिल्लामा भएको निर्वाचनमा एमाले ५ स्थानमा मात्र देखिएको छ । यो समाचार तयार गर्दा सम्म १३६ स्थानीय तहमा काँग्रेश ३८, एमाले १७, राष्ट्रिय जनता पार्टी २४, संघीय समाजवादी फोरम २५, फोरम लोकतान्त्रिक ३ र अन्य दल ३ स्थानमा विजयी बनेका छन् । अव आउने ५ स्थानको परिणामले पनि एमाले पार्टीलाई पहिलो पार्टीको रुपमा स्थापित गर्न अवरोध नपुर्याउने प्रष्ट छ । यसरी तिनै तहको निर्वाचनको हालसम्मको ५ स्थानको परिणाम आउन बाँकी रहँदा एमाले २९३, काँग्रेश २६५ र माओवादी केन्द्र १०५ स्थानमा विजयी बनेर क्रमशः पहिलो, दोस्रो र तेस्रो बनेका छन् ।
यो नतिजालाई हेर्ने विश्लेषण गर्ने हो भने पनि यस अघि एमालेले काँग्रेशलाई ४९ स्थानमा बढी जित हासिल गरेको हिसाव मिलान गर्न नसक्ने देखिएको छ । तर यो प्रष्ट भएको छ कि एमालेले राष्ट्रियताको नाममा तराईलाई गरेको व्यवहारले भने एमालेलाई ठूलो घाटा भएको छ । जसको आलोचना पूर्व प्रधानमन्त्री समेत रहनु भएका एमालेका अध्यक्ष केपी ओलीले खेप्नु परेको छ । यो परिणामले आगामी हुने प्रदेश र केन्द्रको निर्वाचनले एमाले पहिलो पार्टी बन्न सक्ने संभावना कम भएको छ । पछिल्लो समय आदिबासी जनजाति र मधेसीको मुद्धाको विषयमा विपरित ध्रुवमा उभिएको आरोपले एमालेलाई थप घाटा हुन सक्ने संभवना बढेर गएको छ । यता काँग्रेशले पनि सरकारको बाघडोरलाई जनताको हितमा भन्दा नेताको हितमा प्रयोग गरेको भन्ने विश्लेषण संचार माध्यमहरुमा धेरै आउन थालेको छ । यसले गर्दा आगामी हुने निर्वाचनमा पनि कुनै पनि दलको स्पष्ट बहुमत पुग्ने संभवना भने कम भएर गएको राजनैतिक विज्ञहरुले बताउँदै आएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here