पथरी–शनिश्चरे शिविरमा राहत वितरण कार्यक्रम सम्पन्न

0
16

@अर्जुन प्रधान

पथरी–शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरमा नियमित राहत वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम बस्ती व्यवस्थापन समितिका अध्यक्ष तथा क्याम्प सचिव करण चाम्लिङ राईको अध्यक्षतामा आयोजना गरिएको हो।

कार्यक्रममा ग्लोबल भुटानी अर्गनाइजेशन (GBO) का प्रतिनिधिहरू भीम गुरुङ, शिला उप्रेती, अर्जुन उप्रेती र बहादुर चौधरी सहभागी भएका थिए। आयोजकका अनुसार विगत केही महिनादेखि प्रत्येक १५ दिनमा दैनिक उपभोग्य सामग्रीसहित राहत प्याकेज वितरण हुँदै आएको छ।

यस अवसरमा GBO का प्रतिनिधिहरूले शिविरमा बसोबास गर्ने परिवारहरूको आधारभूत आवश्यकतामा सहयोग पुर्‍याउँदै आएको जानकारी दिएका छन्। सन् २०२० देखि बेलडाँगी र पथरी–शनिश्चरे शिविरमा बालशिक्षा, स्वास्थ्य सेवा, विपद् व्यवस्थापन तथा राहत सहयोगसम्बन्धी कार्यक्रम सञ्चालन हुँदै आएको जनाइएको छ।

समाजसेवी तथा परोपकारी भीम गुरुङले आगामी दिनमा राहत अभियानलाई अझ प्रभावकारी बनाउँदै थप परिवारलाई समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सहयोगमूलक कार्यलाई निरन्तरता दिइने बताउनुभयो।

क्याम्प सचिव करण राईका अनुसार “वैदेशिक रोजगारी तथा कृषि कार्यमा संलग्न हुन नपाउने अवस्थाका कारण धेरै शरणार्थीहरू राहतमा निर्भर छन्। विभिन्न प्रतिवेदनअनुसार झापा र मोरङका शिविरमा अझै हजारौँ शरणार्थी बसोबास गर्दै आएका छन्। र यस्ता राहतले हामीलाइ ठुलो सहयोग मिलेकोमा सबैलाइ धन्यबाद दिनु भयो ।”

स्थानीयवासीहरूले राहत वितरण कार्यक्रमलाई सकारात्मक रूपमा लिएका छन्। शिविर आसपासका बासिन्दाका अनुसार नियमित सहयोगले आर्थिक रूपमा कमजोर परिवारहरूलाई राहत पुगेको छ।

शरणार्थी प्रतिनिधि तथा अधिकारकर्मीहरूले दीर्घकालीन समाधानका लागि सरकार र दातृ निकायको थप सहयोग आवश्यक रहेको बताएका छन्। नियमित राहतका साथै पुनर्वास र आत्मनिर्भरता कार्यक्रमलाई पनि प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here