समाज परिवर्तनको बहस: स्वीकारोक्ति दर्शनसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न  

0
12

अर्जुन प्रधान  

स्वीकारोक्ति दर्शनसम्बन्धी समाज परिवर्तनको बहस तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विश्वभूटानी साहित्यिक संगठन (GBLO)  स्वीकारोक्ति फाउन्डेशनको संयुक्त आयोजनामा पिट्सबर्गको पेन हेल्प डे केयरमासम्पन्न भएको थियो।  

कार्यक्रम :४० बजे औपचारिक स्वागतसँगै सुरु भई विभिन्न चरण पार गर्दै समापन गरिएको थियो। कार्यक्रममा दर्शनआत्मचिन्तनअनुभव आदानप्रदान तथा खुला संवादलाई प्राथमिकता दिइएको थियो।  

कार्यक्रमका वक्ता साहित्यकार तथा खेलकुद क्षेत्रका प्रशिक्षक राज बरालले “द्वन्द निरूपण  स्वीकारोक्ति” विषयमा बोल्दैसमाजमा देखिने वैचारिक तथा सामाजिक द्वन्द समाधानका लागि स्वीकारभाव नै पहिलो कदम भएको बताए। उनले भने, “स्वीकार गर्नु भनेको कमजोर हुनु होइनसमस्या पहिचान गरी समाधानतर्फ अघि बढ्नु हो।”  

कार्यक्रममा विश्व भूटानी साहित्यिक संगठन (GBLO) का अध्यक्ष पतलो अन्तरेले स्वीकारोक्ति अभियानमा प्रयोग गरिएकोहरियो रंगको महत्वबारे चर्चा गरे। उनका अनुसार, “हरियो जीवननवजीवनसन्तुलन  आशाको प्रतीक होजसलेस्वीकारोक्ति दर्शनको आन्तरिक शान्तिसहअस्तित्व  दिगो सोचको सन्देशलाई प्रतिनिधित्व गर्छ।”  

त्यसैगरी, मुख्य प्रस्तोता डेनजोम साम्पाङले स्वीकारोक्ति दर्शनलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै व्यक्तिगत परिवर्तनबाट नैसामाजिक रूपान्तरण सम्भव हुने बताए। त्यसैगरी समाजसेवी जीवन प्रधानभूटान गजल मञ्चका अध्यक्ष कौडिन्य नेत्रआचार्यसाहित्यकार दीपा राई पुन तथा कर्ण गुरुङलगायत सहभागीहरूले प्रश्न राख्दै आफ्ना अनुभव  धारणा व्यक्त गरेकाथिए।  

उपस्थित अतिथिहरूमा साहित्यकार रुपनारायण पोखरेलटेक रिमालविभिन्न संघसंस्थाहरूलाई प्रतिनिधित्व गर्नेसमाजका अगुवाआमाबुबाउत्साही युवा  विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो।  साहित्यकार पोखरेलले “अन्तरक्रियात्मक कार्यक्रममा स्वीकारोक्ति दर्शन को पनि दर्शन हो भन्ने कुराको जिकिर गर्दै आफु यस बिषयमा बोल्ने र काम गर्ने इच्छा ब्यक्त गर्नु भयो। https://youtu.be/h2yZq6F2dgY?si=xoN-wcN6hXo6ddc6

कम्युनिटी कनेक्ट सर्किल (CCC) का अध्यक्ष नारायण कट्टेलले “ स्वीकारोक्ति दर्शन ,आजको समयमा यो हरेक घर परिवारलाइ चाहिने दर्शन हो भन्दै साथ दिएका थिए । 

कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली गीतकार संघका अध्यक्ष डाहरि उप्रेति रहेका थिए। उनले “स्वीकारोक्तिदर्शन हो कि सिद्धान्त?” भन्ने विषय उठाउँदै समाज परिवर्तनका लागि स्पष्ट दृष्टिकोण आवश्यक रहेको बताए। उनलेस्वीकारोक्तिलाई गहिरो रूपमा आत्मसात् गर्दै चुनौती  आरोपहरूलाई स्वीकारेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।  

यसै अवसरमा स्वीकारोक्ति दर्शनको प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएका कर्ण गुरुङजय वान्तवाआभास रिखामपतलोअन्तरे  ‘दियालो’ सुसन माझीको सक्रिय भूमिकाबारे पनि चर्चा गरिएको थियो। फाउन्डेशनका अनुसारसम्मानित स्रष्टाहरूसन् २०१२ देखि स्वीकारोक्ति दर्शनसँग निरन्तर रूपमा आबद्ध रहँदै आएका हुन्। अध्ययनअनुशासित अभ्यास  दर्शनका मूलसिद्धान्तप्रतिको प्रतिबद्धताको कदरस्वरूप उनीहरूलाई “Certified Mentor of Svikarokti Philosophy” को मान्यताप्रदान गरिएको छ।  

प्रमाणपत्रमा न्यायपूर्णसमतामूलक तथा आदर्श अस्तित्वको पहिचानसम्बन्धी सिद्धान्तलाई व्यवहारमा उतारेको उल्लेख गर्दैउनीहरूलाई मार्गदर्शनशिक्षण तथा प्रशिक्षणको जिम्मेवारीसहित आधिकारिक मेन्टरको भूमिका प्रदान गरिएको जनाइएकोछ।  

स्वीकारोक्ति दर्शनका प्रवर्तक डेनजोम साम्पाङले जानकारी दिदै भने “स्वीकारोक्ति दर्शनको यात्रा सन् २०१२ बाट सुरु भएको –मानव चेतनासहअस्तित्व र विश्व शान्तिको अवधारणालाई केन्द्रमा राखेर अघि बढाइएको यो धारणा सन् २०२२ मा स्वीकारोक्ति फाउन्डेशन स्थापनाभएपछि संस्थागत रूपमा विस्तार हुँदै आएको छ। यसको उद्देश्य व्यक्तिगत आत्मस्वीकारबाट सामाजिक समता  विश्वशान्तिसम्मको मार्ग निर्माण गर्नु हो।  “

कार्यक्रमको अन्त्यमा सञ्चालक ‘दियालो’ सुसन माझीले सहभागी सबैप्रति आभार व्यक्त गर्दै सचेतसमावेशी  समरससमाज निर्माणका लागि सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाएं।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here