म्यामार र रोहिग्न्या मुसलमानको सवाल

0
1105

बर्माबाट लखेटिएका नेपालीभाषीहरूउपर अत्याचार हुँदा कोही बोलेन | नेपालले नेपाली भाषी भएकै आधारमा शरण दियो | उनीहरू आज पनि आफ्नो जन्मभूमि वर्माका विषयमा चर्चा गर्छन् र केही नेपालीभाषीहरू आज पनि ससम्मान म्यामार नै फर्कन चाहन्छन् | तर यी विषयमा कुनै चर्चा हुँदैन | आफ्नो घाउँ नदेख्ने तर विदेशीहरूले बोलिदिएको घाउँमा मरहमपट्टीको कुरा गर्ने नेपाली मिडिया तथा प्रबुद्ध समुदायको कुरा बुझिनसक्नु छ |

म्यामारको आडमा विश्वभरिका बौद्धहरूलाई “हिंसक” घोषित गर्दै रोहिग्न्या मुसलमानको पक्षमा युरोपेली तथा अमेरिकीहरू उभिएको देख्दा अचम्म लागिरहेको छ | रोहिग्न्या मुसलमानप्रति अन्याय हुनुहुँदैन तर तिनको आडमा विश्वभरीका बौद्धहरूको चरित्र हत्या गर्ने र नेपालमा रोहिग्न्याहरू भित्राउने खेल नेपालीहरूले समयमै बुझ्नुपर्छ |

रोहिग्न्याहरूको बारेमा एउटा सत्य कसैले लुकाउन मिल्दैन | उनीहरू लखेटिएका हुन्, आ

Dr. Govinda Upadhyaya

फ्नो जीवन यापन गर्ने साधन छैन तर त्यस्तो परिस्थितिमा पनि धार्मिक विश्वासका आधारमा बग्रेल्ती छोराछोरी जन्माउनमा उनीहरूसंग क्सैके प्रतिस्पर्धा गर्न सक्दैन | अन्य धार्मिक समुदायहरूसंग मिल्न नसक्ने उनीहरूको “दम्भी धार्मिक विश्वास” भोकभोकै मरेपनि छोड्न सक्दैनन् | यस विषयमा पनि त प्रश्न उठाउन सक्नुपर्छ कि उनीहरूलाई सुशिक्षित गर्नुपर्छ |

युरोपेली र अमेरिकीहरूलाई रोहिग्न्याको त्यतिनै पीर लाग्छ भने सीधै आफ्नो देशमा वसोवास गराउन लागे भैहाल्छ नि | यदि अमेरिकी, बेलायती तथा युरोपेलीहरूले नेपाली भाषी भुटानीहरूलाई शरणार्थीको रूपमा स्वीकार गरेका छन् भने त्यसको भित्रिपाटो यी समुदायहरू सधैं हिंसाका विरोधी, आफ्नो कर्मथलोलाई असाध्यै माया गर्ने र पाखुरा खियाएर पेट भर्नुपर्छ भन्ने सिद्धान्तमा हिड्ने भएर हो |

भारतले समेत रोहिग्न्याहरूलाई “गैरकानुनी” भनेको अवस्थामा नेपाली हिन्दू तथा बौद्ध समुदायलाई वदनाम गर्ने नियतले नेपाललाई बलिको बोको बनाइदै छ | युरोपेली-अमेरिकनहरू क्रमशः नेपालमा रोहिग्न्या शरणार्थीहरूलाई बसोवास गराएर नेपालको रैथाने संस्कृति मास्ने लाइनमा छन् |

यसको प्रत्यक्ष उदाहरण दिनहु पत्रपत्रिका तथा रेडियो टेलिभिजनमा देखिने, सुनिने तथा पढिने न्यूजहरू हुन् | यस विषयमा Nirmala Mani Adhikary विचारसंग सहमति व्यक्त गर्छु | मुसलमान होस् वा इसाई वा हिन्दू नै किन नहोस्, अमानवीय ब्यबहार गर्नुहुँदैन | धार्मिक विश्वासहरू भन्दा मानवता प्रथम हो तर यो कुरा पिडित समुदायले पनि स्वीकार गरेमात्र जीवन सरल, सहज विश्वासनीय हुन्छ भन्ने तत्थ्य अझै महत्वपूर्ण हुन्छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here