कालको मुखबाट फुत्किएर बाँचेका बृद्ध छोराछोरीले छाडेर तेस्रो मुलुुक पुनर्वास भएपछि बृद्धबृद्धाको कन्तविजोग

0
1186

भदौ २८, २०७४ बेलडाँगी | रुखले किच्दा पनि बाँचिदो रहेछ । भग्वानले होला सायद मेरै घर माथि रुख बज्रदा पनि म भने बाँचे । सँगै रहेको अर्को घरको दौतरीको मृत्यु हुँदा बाँचेका एक बृद्धले अनौठो र माया लाग्दो भाव प्रकट गर्नु भयो । रुख टाँड परेर बाँचेका यी बृद्ध कालको हातबाट फुत्किएर बाँचेका हुन् भन्दा कतिपनि फरक पर्दैन । भूटानको जिल्ला साम्ची गाऊँ बुकेझार बस्ने ८४ बर्षीय नरबहादुर क्षेत्री ६० बर्षको उमेरमा परिवार सहित भूटान छाडेर आउनु भएको थियो । तर सँगै आएका परिवार यो बुढेसकालमा कोही पनि छैनन् । श्रीमति ७२ बर्षीय बममाया र छोरी मिना नातानातिनी सहित अमेरिका पुनर्वास भईसक्नु भएको छ ।

भिडियो स्टोरीका लागि
डिकेश लामा, वेलडाँगी, झापा (नेपाल)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here