भूटानी शरणार्थीलाई नेपालमै अस्थायी नागरिकता दिएर भएपनि व्यवस्थापन गर्नुपर्छः अधिकारकर्मी खरेल ।

0
1066
भवानी खरेल - अध्यक्ष, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान

२४ भदौ, काठमाण्डौं । मानवअधिकारकर्मी भवानी प्रसाद खरेलले बाँकी रहेका भूटानी शरणार्थीको व्यवस्थापन अस्थायी नागरिकता दिएरै भएपनि नेपाल सरकारले गर्न जरुरी रहेको बताएका छन ।

ग्लोबल पोष्ट इन्फो डट यूएससँगको विशेष अन्तरवार्तामा खरेलले यदी तेस्रो देश पनि जान नचाहने, भूटानले पनि स्वदेश फर्कन नदिने हो भने उनिहरुलाई नेपाल सरकारले नै अस्थायी नागरिकताको व्यवस्थापन गरेर यो समस्याको दिगो समाधान खोज्न आवश्यक रहेको खरेल बताउँछन् छन् । तेस्रो देश पुनर्वासका नाममा कतिपय शरणार्थीको परिवार नै छिन्न भिन्न भएको बताउँदै खरेलले भने ‘अस्थायी रुपमा अंगिकृत नागरिकता नै दिने हो भने पनि उनिहरु क्याम्पभित्र विजोगको अवस्थामा बस्ने थिएनन्, परिचय खुल्ने केही न केही कागजात हुने हो भने ज्ञान भएकाले पढाउन सक्छन पाखुरा भएकाले ज्यामी नै भएपनि गर्न सक्छन ।’ कामै गर्न नसक्ने अवस्थाकालाई केही न सुविधान नि दिनपर्ने उनको तर्क छ ।

 

खरेलसँग ग्लोबल पोष्ट इन्फो डट यूएसका लागि पत्रकार भूपाल लुइटेलले झण्डै २० मिनेट गर्नुभएको अन्तरवार्तामा भूटानी शरणार्थीको राष्ट्रियता के हुन्छ ? के स्वदेश फर्कन चाहनेहरुको इच्छा पूरा होला त ? त्यो बेला नेपाली भाषी भूटानीका तर्फबाट कुनै गल्ति नै भएको होइन त ? अनि अहिले शरणार्थी समस्या लगभग समाधान भएको भन्दै ह्रासन कटौती हुन थाल्दा तपाई मानवअधिकारकर्मीहरु किन बोल्नुभएन लगायतका प्रश्न सोध्नुभएको छ । विस्तृत अन्तरवार्ताका लागि भिडियो हेर्नुहोला ।

 

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here