अचम्मको बालक, मागेर उपचार हुँदै

0
1176

डिकेश लामा
भदौ २० गते, २०७४ काठमाण्डौं | मान्छेको शरीर भन्दा टाउको दोव्बर ठूलो हुन्छ भन्दा कसैलाई पत्यार नलाग्न सक्छ । तर कहिले काँही यस्तो पनि हुने गर्छ ।
यो विर अस्पताल हो । यसको ठीक १ सय मिटर जति विपरित दिशामा एक जना अधबैंसे महिला र बालिकाले विरामी बच्चा च्यापेर सडकमा प्लाष्टिकको झोला थापेर सहयोग माग्दै गरेको देखिन्छ ।
अचम्मको कुरा के छ भने अस्पताल नजिकै छ । बच्चा विरामले बमिटिङ्ग गर्दै छ । अर्को अचम्म के छ भने बच्चाको टाउको शरीर भन्दा ठूलो छ । जो कोही सडक किनारको बाटो भएर हिड्नेहरुले एक पटक उभिएर बच्चालाई हेरकै हुन्छन् । बच्चको टाउको सामन्य मान्छेको भन्दा दोव्बर ठूलो छ ।
विगत ३ बर्ष देखि सहयोग मागेको भरमा बच्चाको आमा राजिता थापाले आफ्नो बच्चालाई उपचार गर्दै आउनु भएको छ । दाङ्ग जिल्लाको तुलसीपुर बुद्धमार्ग घर बताउनु हुने पीडित महिला थापाले विरामी बोकेको रथ एक्लै डोहोर्याउँदै आउनु भएको छ । थापालाई श्रीमानको कुरा गर्नै मन लाग्दैन । आपत पर्दा छाडेर हिडे पछि उनलाई श्रीमान्को नाम समेत लिन मन नलागेको बताउनु हुन्छ ।
सडकमा आएर उनले सहयोग नमाग्ने हो भने न आफ्नो बच्चालाई बचाउन सक्नुहुन्छ न त आफू नै ।
शरीर भन्दा ठूलो टाउको भएको बच्चा लिएर ति महिला र उनकी छोरी विर अस्पतालको ठीक १ सय मिटर जति विपरित दिशामा बसेको महिनौं भएको छ । यो दृष्यले उचित उपचारको अभावमा छट्पटिएको त्यो ३ बर्षे गौतम थापा नामको बच्चाले नभएर सामान्य नागरिकले सोधिरहेका छन् कि बच्चाको उपचार राम्रो र सही ठाऊँमा गर्नु के गर्नु पर्ला ।
बर्तमान संविधान २०७२ ले स्वास्थ्यलाई मौलिक हकको रुपमा स्थापित गरेको छ । अझ पछिल्लो समय नेपाल सरकार स्वास्थय मन्त्रालयले विभिन्न प्रकारका रोगका विरामलाई निशुल्क र नवजात शिशुको हकमा निशुल्क उपचार गर्ने विनियम ल्याएको छ । तर पनि धेरै विरामीहरु उपचारको अभावमा सडकमा बसेर माग्न बाध्य हुनु परेको छ । नागरिकको स्वास्थ्य उपचारमा सहजताका लागि ऐन कानुन सँगसँगै सचेतना र सहयोग समितिको आवश्यकता रहेको यो घटनाले प्रष्ट पार्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here