शुभकामना पत्र

0
4657

भाईलाई शुभकामना : तिम्रो प्रगतिको पाईलाहरु गन्तव्यमा नपुगुन्जेल कहिल्यै नाथाक्नु

हिजो जस्तो लाग्छ भूटानमा तानाशाही सरकारले दक्षिण भेकको विधालयहरु बन्द गरेपछि तिमी र मैले प्राथमिक शिक्षा समेत पुरा गर्न पाएनौ | र काली खोलाको बगरको चौरमा गाई-बाख्राहरु चराऊन बाद्य भयौं | त्यसपछि आफ्नो जन्मभूमि छाडी बिरानो मुलुकमा, भनौ आफ्नै पुर्खाको देशमा शरणार्थी बन्नु परेको पिडा त झन् भनी साध्य छैन | अभाव, दु:ख र गरिबीको व्याख्या जति गरे पनि कमै हुन्छ त्यो शरणार्थी शिविरभित्रको |

काली खोलाको बगरको चौरमा गाई-बाख्राहरु चराऊन बाद्य भयौं | त्यसपछि आफ्नो जन्मभूमि

प्रदीप गुरुङ

छाडी बिरानो मुलुकमा, भनौ आफ्नै पुर्खाको देशमा शरणार्थी बन्नु परेको पिडा त झन् भनी साध्य छैन | अभाव, दु:ख र गरिबीको व्याख्या जति गरे पनि कमै हुन्छ त्यो शरणार्थी शिविरभित्रको |

त्यस बेला खुल्ला आकाश नै हाम्रो विधालयको छानो थियो | विधालयमा बस्न घरबाट बोकेर लागेको आलुको बोरा बिछ्यौना बनाई बसेको दिनहरु निकै यादगार लाग्छ | कहिले कहि त ति बिगतका दिनहरु सम्झेर निकै नोस्टाल्जिक बन्छु | तिम्रो, मेरो र हाम्रो प्रगतिमा बुवा खुब रमाउनु हुन्थ्यो | सकेसम्म हामी पनि केहि गर्नुपर्छ भनेर रात- दिन मेहनत गर्थ्यौं | ‘मेरो छोराहरुले यसपाली पनि पढाईमा सफलता हासिल गरेर पुरस्कार ग्रहन गर्यो’ भन्दै स्याबास दिनुहुन्थ्यो | छिमेकमा पनि हाम्रो निकै कुरा चल्थ्यो | गाउँ घरमा हामी उदाहरणको पत्र थियौं | र आज पनि तिमी आफ्नो उदेश्य पुरा गर्न अघि बढेको देख्दा म ( दाजु ) हर्ष विभोर छु | अभाग्यवास हामीसंग यो खुशी साट्न हाम्रो बुवा हुनुहुन्न | खैर हामी उहालाई सम्झीरहने छौँ | र सम्मान गर्नेछौँ सदा सर्बदा | हामी सम्पूर्ण परिवार, इस्ट मित्र , आफन्त तिम्रो लक्ष्य पुरा होस् भनि कामना गर्दछौं | तिमीले पनि आफुलाई कहिल्यै एक्लो नठान्नु | सधै धेर्यता कायम राख्नु | आँट , साहस र लगनशिलतालाई साथी बनाउनु |

अब तिम्रो ‘ फार्मेशिष्ट’ ( PHARMACIST ) बन्ने सपना धेरै टाढा छैन | र फार्मेशिष्ट बन्नु त्यति सजिलो पनि छैन तर हामी बिस्वस्त छौँ तिम्रो कठोर परिश्रमको अघाडी सबै असम्भवहरुले घुडा टेक्नेछन् | म बुज्छु लक्ष्यमा पुग्न सजिलो छैन तर असम्भव पनि त छैन | केवल आफ्नो अध्यनमा तन, मन र ध्यान दिनु | तिमी जस्तो हजारौं विद्यार्थीहरु त्यस बिश्वविद्यालयमा पहिलो पटक प्रवेश गरेका हुन्छन् | सधै आत्मबल उच्च राखेर अघि बढ्नु | साह्रो गाह्रोमा मलाई सम्झिनु | भलै म तिम्रो दाजु हुँ, तर अभिभावक हुनुमा पनि गर्ब गर्छु | घरको बिषयमा कुनै चिन्ता लिनु पर्दैन | तिमी हाम्रो परिवारको मात्र नभएर नेपाली भावी समाजकै एक उदयमान तारा हौँ | निश्चय पनि तिमीले हिडेको पाइलामा हाम्रो आउँदो पिडिहरु हिड्नेछन् र तिम्रो योगदानको पनि एकदिन कदर हुनेछ | आगामी दिनहरु सुखमय रहोस् | मेरो शुभकामनाका छ |

अस्तु
दाजु – प्रदिप गुरुङ ‘परिश्रमी’ मिति: सेक्टेम्बर ०१, २०१७

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here