रहस्यमय मोतिलाल र बेलायत

0
2043
Dr. Govinda Upadhyaya

ओक्स्फोर्ड विवि बेलायत र सीएनएस बेलायतका वरिष्ट अनुसन्धाता डा. कृष्ण प्रसाद अधिकारीले अनुवाद तथा सम्पादन गरेको लघुकाय पुस्तक “बेलायतमा पहिलो नेपाली मोतिलाल सिंहको रहस्यमय जीवन र उनको ऐतिहासिक आलेख” पढ्दा आफु बेलायत पुगेको र लगभग दूईसय वर्ष अगाडिको बेलायतको मानसिक चित्र बनाउन मदत मिल्यो |

मोतिलाल नेपाली नै थिए भन्ने कुरामा कुनै शंका छैन | पुस्तक पढ्दा भारतीय विद्वानहरूले मोतिलालको इतिहाससंग पनि छेडखानी गरेको आभास मिल्छ, जसको अनुवादकले केही प्रतिवाद पनि गरेका छन् |

आज बेलायतमा लगभग दूईलाख नेपाली भाषीहरू बस्छन् | मोति लाल त्यस बखत बेलायत पुगेका रहेछन् जतिबेला केही सम्भ्रान्त नेपालीहरूलाई बेलायतको अस्तित्वका विषयमा पनि थाहा थिएन | मोतिलालले लेखेको लफजहरूलाई नेपालीमा लेखिदिएर अधिकारीले बेलायतमा भएर पनि अंग्रेजी पढ्न नसक्ने र बेलायतमा फंसेर पनि आफ्नो “धर्म संस्कृतिप्रति” कडा निष्ठा राख्नेविच सम्पर्क सूत्र गाँसेका छन् |

भाषा सरल छ, रोचक छ र त्यस बेलाको वेलायती सोच, चरित्र र वृत्तिलाई राम्ररी बुझाएको छ तर अनुवादकले “मुति लोल सिंग” ले लेखेको र छापिएको भनेको आलेखका पेजहरू जस्ताको तस्तै राखिदिएको भए अझैं सुनमा सुगन्ध हुने थियो | यदि कोपिराइट समब्धि त्यहाको कानुनले अनुमति दिन्छ भने आगामी संस्करण यस्तै आउने छ |

सेन्टर फर नेपाल स्टडिज युकेले प्रकाशन गरेको यो सानो किताव लुस प्रेस नया बानेश्वरले छापेको हो तर मूल्य तोकिएको छैन | सानै भए पनि बेलायत वारे जिज्ञासा राख्ने नेपालीहरूले यो किताव पढ्नैपर्छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here