पुनर्वासित भूटानी नाफारहित सामाजिक संस्थाहरू एउटै संयन्त्रमा: जुटे बाढीपीडित राहत संकलनमा

0
2290

जहाँ गए पनि जहाँ बसे पनि नेपाली मन, नेपालीपन बोकेर बाँचेका नेपाली भाषी भूटानीहरू नेपाललाई आफ्नो सम्झन्छन् र नेपालीको पीडामा संगै दुख्ने गर्छन् | यसैको पुष्टि स्वरूप मनका धनी विश्वभरी छरिएका भूटानीहरू तनमनले एकजुट भई बाढीपीडितका लागि सहयोग संकलन कार्यमा अघिसरेका छन् |

संकलनको कार्यलाई अघि बढाउने नेतृत्वको सुअवसर प्राप्त गरेकी आरती घिसिंग मिस भूटान युएस २०१७ले “खानालाई गाँस, बस्नलाई बास, र लगाउनलाई कपास नभएको अवस्थामा तपाईको सानो योगदानले धेरै मानिसहरूलाई राहत पुग्न सक्छ “ भनि सबैमा आवाहन गरेकी छिन् |

यसै सन्दर्भमा हिजो अगष्ट १५ अपरान्ह, अमेरिकाको पुनर्वासित भूटानीहरूको ठूला मानिएका विभिन्न विधामा सम्बन्धित नाफारहित सामाजिक संस्थाहरू एउटा संयन्त्र निर्माण  गरि आर्थिक संकलनमा जुटेको कुरा स्मरण योग्य छ | उक्त सहकार्यको समूहमा भुट्निज अमेरिकन स्पोर्टस् काउन्सिल (Bhutanese American Sports Council), विश्व भूटानी साहित्य संघठन(GBLO), हिमालयन फेस्टिवल(Himalayan Festival), ड्रुक अमेरिकन शितो-आर वाई यु कराटे डो(Druk American Shito Ryu Karate Do) लगायतका संस्था रहेका छन् | यो सहकार्यको वातावरण भने “ग्लोबल पोष्टइन्फो”ले सृजना गरेको हो |

उक्त संयन्त्र मार्फत सहयोग संकलनको कार्यलाई अघि बढाउने नेतृत्वको सुअवसर प्राप्त गरेकी आरती घिसिंग मिस भूटान युएस २०१७ले “खानालाई गाँस, बस्नलाई बास, र लगाउनलाई कपास नभएको अवस्थामा तपाईको सानो योगदानले धेरै मानिसहरूलाई राहत पुग्न सक्छ “ भनि सबैमा आवाहन गरेकी छिन् | साथमा उनि भन्छिन् “भूटानले हामीलाई देश निकाला गरेको ९०को दसकमा नेपालले बसोबासको निम्ति स्थान दिएर हामीलाई ठूलो गुण समेत लगाउनु बहेको छ | यस अर्थमा पनि हामीले उनीहरूलाई सहयोग गर्नु अत्यन्तै जरुरी हो |”  मिस भूटान युएस २०१७को ताज जिते पछि उनको यो सामाजिक सेवा प्रतिको पहिलो कदम हो | यस्तो आपत्तिको घडीमा उनले गरेको यो पहल र समाजलाई सेवा गर्नु पर्छ भन्ने उनि भित्रको समर्पणलाई हामीले कदर गर्नै पर्छ |

यस संयन्त्रको एक अभियन्ता, अमेरिकाको टेक्सास राज्यको फोर्ट वोर्थ सहरमा बसोबास गर्दै आउनुभएको भुट्निज अमेरिकन स्पोर्टस् काउन्सिलको अध्यक्षलाई अहिले संकलनको अवस्था कस्तो छ भन्ने हाम्रो प्रश्नमा उहाँले भन्नु भयो –“संकलन सन्तोषजनक नै छ | हाम्रो टार्गेट भनेको ५०के हो | यो टार्गेट पूरा हुन्छ भन्ने त छैन तर हामी अरू सस्थाहरूलाई पनि होस्टेमा हैसे गरौं भनि आवाहन गर्दै जानेछौं | मिस भूटान युएस २०१७ आरती बहिनीको अगुवाइमा कार्य अघी बढिरहेको छ साथमा हामी लगायत अन्य साथीहरू पनि बहिनीलाई साथदिदै संकलन कार्यमा खटिरहनु भएको छ | उहाँहरू प्रति म आभारी छु” |

यसरी सहयोगको लागि खट्नुको औचित्य के हो त भन्ने प्रश्नमा यस संयन्त्रको अर्का एक अभियन्ता हेमन्त लामा भन्नु हुन्छ – “यस्तो विपत्तिको घडीमा औचित्यको उत्तर भन्दा पनि मानबिय सहयोगको कार्यमा कर्तब्य निष्ठ हुनु पहिलो मानबियता हो | पिडित पक्षलाई सरसहयोगको निम्ति यसरी मिलेर सहयोगमा जुट्नु भनेको हाम्रो अर्को सुखद् पक्ष हो |” सो उठेको रकम कसको मार्फत पिडितसम्म पुर्याउने भन्ने विषय अझै टुङ्गो नलागेको, सम्भवता युएनएचसीआर जस्तो कुनै सस्था मार्फत हुन सक्ने कुरा पनि उहाहरूबाट बुझ्नमा आएको छ |

हाम्रो जानकारी अनुसार पदम रिजालको पहलमा अमेरिकाकाे पेल्सेल्भेनिया राज्यकाे राजधानी ह्यारिसवर्गबाट त्यसै गरि अस्ट्रेलियाबाट पनि राहत संकलन भइरहेको छ |

Note: Please click this link to donate for the flood victims

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here