सुरु भयो हिमालयन फेस्टिवल USA

0
656
Himalayan Festival 2014
Himalayan Festival 2014

जुन १३, २०१४; ह्युस्तन,

अमेरिकाको टेक्सस राज्य अन्तर्गत ह्युस्टन शहरमा भकुन्डो प्रतियोगिता संग-संगै उद्धघाटन कार्यक्रमबाट आजदेखी “पहिलो हिमालयन फेस्टिवल” सुरु भएको छ । स्थानिय आयोजक भुटनिस अमेरिकन एसोसिएसन अफ ह्युस्टन (BAAH) का अध्यक्षा डि. बि. राईले संचार माध्यमलाई जनाए अनुसार हिमालयन फेस्टिवलको पहिलो दिनको पहिलो सेस्सन सफलताको साथ सम्पन्न भएको छ ।

आयोजक समितीले जनाए अनुसार धेरै भन्दा धेरै अतिथी तथा प्रतियोगीहरुको आज आगमन भएको छ । आजनै कार्यक्रमको विशेष आकर्षण नेपाली सांगितिक इतिहासको धेरै भन्दा धेरै लोकप्रिय गायक राजेश पायल राईको आगमन भएको छ । आइतबारको दिन पुर्व मिस्स नेपाल माल्विका सुब्बा र आर. जे. सन्जय गुप्ताको आगमन भएको थियो भने चर्चित गायिका नलिना चित्रकार, लोक गायक प्रेम राजा महत, गायिका शान्ति भन्डारी लगायतका विशेष कलाकारहरुको पनि आगमन भइसकेको छ । विशेष अतिथी तथा कलाकारहरुलाई विशेष सुबिधा सेवा सहित क्राओन प्लाजा होतलमा राखिएको छ भनी आयोजक समितीले संचार माध्यमलाई जान्कारी गराएको छ ।

अथिती सेवा, मिस्स भुटान प्रतियोगिताको लागि प्रतियोगीहरुको विशेष तालिम, खेल मैदानमा खेलाडीहरु संग र भोलिको कार्यक्रमको लागी विशेष तयारी जस्ता कार्यहरुमा आयोजक समिती आज धेरै व्यस्थ रहेको देखिन्थियो । आजको भकुन्डो प्रतियोगितामा सहभागी छ समुहहरु मद्धेबाट दुई टिमहरु – ह्युटाह राज्यको भुटानी टिम र ह्युस्टनको बर्मिस समुदयको टिम भोलिको अन्तिम प्रतियोगिताको लागी छनौँट भएका छ । अर्को तर्फ बियुटी पिएजन्टको लागी अन्तिम तयरी र अडिसन राउन्ड आज सम्पन्न गरी प्रतियोगीहरुलाई भोलिको कार्यक्रम स्थल क्राओन प्लाजा होतलमा स्थानत्रन गरिएको कुरा आयोजक समितीले जनाएको छ । मिस्स भुटान प्रतियोगीहरुलाई गत सोमबारदेखी पुर्व मिस्स नेपाल माल्विका सुब्बाले विशेष प्रशिक्षण दिरहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here