राजेश पायल राईको विशेष उपस्थिती रहने – हिमालयन फेस्टिवल  

0
676
Himalayan Festival 2014
Himalayan Festival 2014

जुन ८, २०१४; टेक्सस ।

यही जुन महिनाको १३, १४ र १५ तारिक २०१४, ह्युस्टोन टेक्सस्मा हुन गहिरहेको पहिलो “हिमालयन वार्षिक महोत्षव” को अन्तिम तयारी भइरहेको साथ साथै अथितीहरुको आगमन हुन सुरु भएको आयोजक समितीले संचार माध्यमलाई जानकारी गरएको छ । एसियाको हिमाली मुलुकबाट आएका अमेरिका वासीहरुको लागी विशेष कार्यक्रम भनिएता पनि अमेरिका वासी भुटानीहरुमा विशेष केन्दृत रहेको यस कार्यक्रममा नेपालका केहि चारचित व्यक्तित्वहरुलाई कार्यक्रमको आकर्षणको रुपमा प्रस्तुत गराइने आयोजकको योजना छ । नेपालबाट पुर्व मिस्स नेपाल माल्विका सुब्बा र चर्चित आर. जे. संजय गुप्तको आगमन भाई सकेको आयोजक समितिका प्रतीनिधी राजमान मगरले संचार माध्यमलाई जानकारी गराउनु भयो ।

नेपाली चर्चित गायक राजेश पायल राईको विशेष उपस्थिती रहने उक्त कार्यक्रममा गायक राईले गायन प्रतियोगिताको निर्णयकको भूमिका पनि निर्वाह गर्ने कुरा आयोजकले संचार माध्यमलाई जानकारी गरएको छ । हालको लोकप्रिय गायक राईको यो पहिलो अमेरिका भ्रमण हो जस्लाई राजेश पायल राईको विश्वा सांगितिक यात्राको एक पाटोको रुपमा संचार माध्यमले प्रश्तुत गरेका छन । पाठकहरुलाई अवगत रहोस्, चर्चित गायक राईलाई अमेरिकामा पुनर्वास भएका भुटानी शर्णार्थीहरुले पहिलो पटक सम्मानका साथ अमेरिकामा निम्ताउदै छन्; यहाँ यो स्पस्ट हुन्छ कि भुटानी नेपालीहरु आफ्नो मुलुकबाट धेरै टाडा रहे पनि नेपाली कला, संगित, संस्कृती र साहित्यलाई कती धेरै माया गर्दा रहेछन ।  “राई इस किङ्” उपाधीले चर्चित गायक राईसंग अंय भुटानी तथा नेपाली लोकप्रिय गायक तथा कलाकारहरुको पनि उपस्थिती तथा प्रस्तुती रहने छ । कार्यक्रममा चर्चित गायिका नलिना चित्रकार, गायक जग्दिश समाल, प्रेम राजा महत, तालमान मगर, धन बाराइली, जिवन गुरुङ्, शिवा माप्चन, सान्ती भन्डारी आदीको विशेष सांगितिक प्रस्तुती हुनेछ । महोत्षवलाई नँचाउन डि. जे. “रीत” र डि. जे. “मोमो”को रोमान्चक प्रस्तुती हुने छ । आयोजकको अनुसार ह्युस्टोनको क्रव्न प्लज्ज होटलमा हुने उक्त कार्यक्रममा उत्तर अमेरिकाको विभिन्न राज्यको विभिन्न शहरबाट धेरै भन्दा धेरै सहभागीहरुको उपस्थिती हुने छ ।

भुटनिस अमेरिकन एसोसिएसन ओफ ह्युस्टोन (BAAH) को स्थानिय आयोजना रहेको उक्त कार्यक्रममा विभिन्न सात विधामा प्रतियोगीहरुले सहभागी जनाउने छन । BAAHका अध्यक्ष डि. बि. राईका अनुसार कार्यक्रमको लागी आयोजकको तर्फबाट पुर्ण तयारी भई सकेको र अथितीहरुको आगमन सुरु भइसकेको छ । कार्यक्रमको तयारी र प्रचार प्रसार अनुसार कार्यक्रम भव्य हुने निस्चित देखिन्छ ।

 

Himalayan Festival 2014
Himalayan Festival 2014
Himalayan Festival 2014
Himalayan Festival 2014

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here