सन्तुलित समाज र सम्मानित पहिचानको निम्ति गोष्ठी सम्पन्न |

0
740

literature1 literature2fसन २०१४, मार्च ३०; सम्वदाता,

मार्च २९, २०१४ शनिवार अमेरिका अन्तरगत टेक्सस्को फोर्त वोर्थ शहरमा ‘साहित्य गोष्ठी २०१४’ (Literary Symposium 2014) भव्यताको साथ सम्पन्न भएको छ । स्रोतको अनुसार उक्त कार्यक्रम विश्व भूटानी साहित्य सङ्गठन (GBLO)को सक्रियतामा भूटनीज लेगसी युवा क्लबद्वारा आयोजना गरिएको थियो । यस गोष्ठीमा भूटानी नेपाली साहित्य र समाज तथा स्वीकारोक्ति सिद्धान्तबारे विद्वत छलफल गरियो ।

भूटनीज लेगसी युवा क्लबका उप-अध्यक्ष श्री ए. के. राना साम्पाङको सभापतित्व र अन्तराष्टृय नेपाली साहित्य समाज टेक्सस्का अध्यक्ष श्री वासु शर्माको प्रमुख आतिथ्यमा लीलाधर अधिकारी ‘पातलो अन्तरे’जीको ‘अन्तरे’ गजल सङ्ग्रहको अमेरिका भरी रहेका नेपालीहरुको निम्ती लोकार्पण गरिएको थियो । उक्त सभामा मुर्धन्य कवी तथा चर्चित गितकार श्री विप्लब प्रतिक, विस्व भुटानी साहित्य संगठन (GBLO)का अध्यक्ष श्री डेन्जोम साम्पाङ र GBLO प्रवक्ता श्री कर्णा गुरुङ ‘हेरणको विशेष आतिथ्य रहेको थियो ।

उत्तर अमेरिकामा रहेका भूटानी तथा नेपाली साहित्यकार, पाठक र संघ-संस्थाबीच अन्तरक्रिया गरिनेछ भनिएको उक्त कार्यक्रममा भने जस्तो संघ संस्थाहरुको उपस्तिथी नदेखिए पनि साहित्य कर्मीहरुको उत्साहजनक सहभागिता देखियो। यस कार्यक्रमद्वारा नेपाली भाषा र साहित्यको विश्वव्यापीकरणमा सानै सही तर महत्वपूर्ण योगदान पुग्ने आयोजकको विश्वास केहि हतसम्मा पुरा हुन सफल भएको अनुभूति गर्न सकिन्छ। साहित्यकारहरूबीच आपसी सम्बन्धलाई अन्तरङ्ग एवं जीवन्त तुल्याउने यस गोष्ठीको प्रयोजन सहभागीहरूले व्यवारिक्तामा महसुस गरेका थिए। नेपाली साहित्य समाज र भुटानी साहित्य समाजका प्रतीनिधीमुलक उपस्तिथी रहेको उक्त साहित्य गोष्टी, गोष्टी मात्र नभएर सन्तुलित समाज र सम्मानित पहिचानको निम्ति लडाई हो भनेर कार्यक्रमको सभापतित्व गर्नुहुने श्री ए.के. रानाले हामीलाई बताउनुभयो | पहिलो चरण वा खण्ड – ‘अन्तरे’ लोकार्पन र रचना वाचन, अनि दोस्रो चरन – साहित्यिक बहस गरि उक्त कार्यक्रम दुई चरणमा बाडिएको थियो।

स्थान परिवर्तन गरिनुको कारण कार्यक्रम केहि समय पछी मात्र सुरु गरिएको थियो, जस्ले गर्दा स्थानिय सहभागितामा केहि ह्रास देखिन्थियो तर त्यो प्राविधिक गडबडीले साहित्यप्रेमीहररूलाई केहि असर पार्न सकेन – कार्यक्रम भव्यताको साथ अघी बडेको थियो । ‘अन्तरे’को लोकार्पन सभापतीको आग्रहमा अतिथीहररूबिच सामुहिक रुपमा गरिएको थियो, र यस कृती बारे श्री डेन्जोम साम्पाङ अनि ‘अन्तरे’ स्वयमले दुई शब्द राखेका थिए । ‘अन्तरे’ लोकार्पन पछी कवी गोस्टी तातेको थियो जस्लाई  प्रत्यक्ष प्रसारण पनि गरिएको थियो ।

साहित्य गोस्टी कवी श्री मणी धिमाल ‘दिपित’का कविताले मनमोहक बनाएको थियो भने लक्की रासीले आफ्नो युवा जोसमा जमातलाई तताएका थिए ।  युवा कवी तथा स्विकारोक्ती अभियानत श्री लीलाधर अधिकारी ‘अन्तरे’को वाचन उत्सहजनक थियो भने युवा कवी श्री नेत्र आचारय ‘वशन्त दिक्तेली’जी सुन्दर छन्दहररूमा रमाइरहेका थिए । कार्यक्रम संचालनको जिम्मेवर लिएका युवा स्रष्टा श्री गोविन अधिकारी भने आफ्नै गतीमा जमातलाई स्रष्टाहररूसंग डोर्याइरहेका थिए । समाज सेवी प्रभात दिक्षितको उपस्तिथीले झनै सभा सोभयमान बनेको थियो भाने अभिनेता केदार उप्रेतीले सभालाई आफुतिर आकर्सण गरिरहेका झै देखिन्थे ।  यस्तै प्रकारले अन्य धेरै स्रस्टहररूले आफ्नो रचना साहित्य गोस्टी मा प्रस्तुत गरेर एउटा साहित्य उत्सव नै मनाएको भान सहभागी स्रष्टाहररूको अनुहारबाट महसुस गर्न सकिन्थियो ।

न्यू योर्क जीवन बिमाका अजेन्ट सुरेश बस्यल को सह-प्रायोजन रहेको ‘साहित्य गोस्टी कार्यक्रमलाई क्लबका सल्लाहकार श्री क्लिन्ट ब्राओनिङ र पेम दोजी लामाले सहयोग गरेका थिए । कार्यक्रमको दोस्रो चरन भने पृथक रुपमा भव्यताको साथ साहित्यिक अन्तरकृय बहस चलेको थियो । बहसमा वक्तहरुको रुपम क्रमष: अन्त राष्टृय नेपाली साहित्य समाज टेक्सस्का अध्यक्ष श्री वासु शर्मा, क्लब उप-अध्यक्ष श्री ए के राना साम्पाङ्, समाज सेवी श्री प्रभात दिक्षित, प्रवक्ता श्री कर्णा गुरुङ्, मुर्धन्य कवी श्री विप्लब प्रतिक, र अध्यक्ष श्री डेन्जोम साम्पाङ् हुनुहुन्थ्यो । साहित्यिक बहस अध्यक्ष श्री डेन्जोम साम्पाङ्गद्वारा संचालन गरिएको थियो ।

मुर्धन्य कवी श्री ‘विप्लब प्रतिक’ले प्रस्तुत गर्नुभएको साहित्य त साहित्यकार बिचको संबन्धा बारे सृजनात्मक अभिलेखद्वारा साहित्यिक बहस सुरु गरिएको थियो । सभाको विशेस व्यक्तित्वको ररूपमा रहनु भएको उहाँकै शब्दाहररू वोरिपरी निर्देषित भए झै सभा सृजनाशिल बनी संचालित रहेको पाईन्थियो । साहित्यिक बहस धेरै फलदायक रहेको सम्पुर्ण सहभागी हररूले जनाइरहेका छन् ।

बहसमा धेरै विषयमा कुराकानी र अन्तरवार्ता भएको जान्कारी आएको छ – जस्तै ‘भूटानी नेपाली साहित्य र समाज’ बारे छलफल, ‘स्वीकारोक्ति सिद्धान्त’ बारे बहस, उत्तर अमेरिकामा रहेका भूटानी तथा नेपाली साहित्यिक सम्बन्ध र भूटानी नेपाली साहित्यको भविष्यकाबारे विचार, आदी । साहित्यिक बहसको केहि सुन्दर फलदाई निस्कर्षहरु यहाँ यस प्रकार छ: जुन-सुकै, जहाँ सुकै बसेर लेखिए पनि साहित्य – साहित्य हो र हुन्छ; त्यसले जिवन्त अनि आत्मा बोल्छ, जिवन खोज्छ, अनि सर्वहितको निम्ती संसारलाई ज्योती फैलाउन प्रयाशरत भइरहन्छ । साहित्य न त शरणार्थी हुन्छ न त पर्देशी हुन्छ, यो त आफैमा स्वातन्त्र रही सम्पुर्ण मानवताको निम्ति सुन्दर साधन भएर युगन्त लोकप्रिय रहिरहन्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here