हरितालीका तीज

0
333

हिन्दु नारीहरुको लागि हरितालीका तीज महान पर्व हो । हरीतालिका तीजलाई विश्भर छरिएर रहेका हिन्दु नारीहरुले हर्सोल्लासका साथ मनाउने गर्दछन् । तीज विशेषतः हिमालय पर्वतकी छोरी पार्वतिमा समर्पित छ । पार्वति भगवान शिवकी पत्नि हुन् । पार्वर्तिले तिजको दिन निराहार, निराकार ब्रत बसेर आरध्यदेव भगवान् शिव प्राप्त गरेकी हुन् भन्ने विभिन्न शास्त्र तथा किम्बदन्तिहरुमा उल्लेख भएको भेटिन्छ ।

तीजको दिन खास गरेर विवाहित महिलाहरुले आफ्नो श्रीमानको शुख, शान्ति, समृद्दि, शुस्वास्थ्य एवं दीर्र्घजीवनको लागि निराहार, निराकार उपवास बस्ने गर्छन्, भने अविवाहित नारीहरुले आफ्नो भविश्यमा भगवान शिव जस्तो असल र सर्वगुणी श्रीमान पाउने आशाले निराहर, निराकार उपवास बस्ने प्रचलन चली लाएको छ ।

तीजलाई असल प्रेम र श्रीमानप्रतिको त्याग, तपस्या र समर्पणको प्रतिकको रुपमा पनि लिइने गरिन्छ । हरितालीका तीजलाई हिन्दु नारीहरुले महा उत्सवको रुपमा लिने गर्छन् । आज हिन्दु नारीहरु रातो सारी र सुनका गरगहनामा सजिसज्जाउ, झकिझकाऊ हने गर्छन् ।
आरध्यदेव भगवान् शिवलाई विनाश एवं श्रृष्टि भनेर चिनिन्छ भने पार्वतिलाई देवी शक्ति एवं प्रकृति भनेर चिनिन्छ । अतः हरितालीका तीजतीजलाई यी दुई बीचको मिलनको रुपमा पनि लिइने गरिन्छ । देवी पार्वती बाल्यकाल देखि नै आरध्यदेव भगवान् शिवको ध्यान, तपस्या र आरधना गरेर बस्थिन् । आजको दिन निराहार र निराकार उपवास बस्नाले श्रीमान श्रीमती बीचको सुमधुर माया प्रेम रहने आजको एकाइसौं सताब्दिमा पनि जनविश्वास रही आएको पाइन्छ ।

हरितालीका तीज नेपाली पात्रो अनुसार भाद्र महिनामा पर्दछ । हरीतालिका तीज भाद्र महिनामा पर्ने भएकाले चाँदनी पर्वको रुपमा पनि बुझ्ने गरिन्छ । आजको दिन विश्वभर छरिएर रहेका सम्पूर्ण हिन्दु नारीहरु आफूलाई पायक पर्ने नजिकको शिव मन्दिर गएर आरध्यदेव भगवान् शिव, पार्वतीको विशेष पुजा, आरधना र भजन, किर्तन गर्छन् ।

आज निराहार, निराकार उपवास बस्ने दिन हो । आज उपवास बस्ने हुनाले नारीहरुले रातो सारी, रातै चुरा, रातै टिकी, रातै मेहन्दी साथै सुन, चाँदीले सजिसज्जाउ, झकिझकाऊ भई आफूलाई पायक पर्ने नजिकको शिवालयमा गई आरध्यदेव भगवान् शिव र पार्वतिको पूजा आरधना गरी भगवानकै नाममा रचिएका भजन, किर्तन र गीत गाई छम्छम् पाउजु बजाउँदै नाच्छन् ।

हरितालीका तीजलाई विवाह पश्चातको सुखकर दाम्पत्य जीवनको रुपमा लिइने प्रचलन रही आएको छ । आज भगवान् शिव र देवी पार्वतिको मिलन भएको दिन पनि हो । त्यसैले त आजको दिन मिलन दिवसको रुपमा लिइने गरिन्छ । आज हिन्दु नारीहरुले भगवान शिव र पार्वतीको नाममा भजन किर्तन गरेर रात छर्लङ्ग कटाउने गर्दछन् ।

हरितालीका तीजको पावन अवसरमा विवाह गरी कर्मघर यानिकी पराइघर गएका छोरी चेलीहरुलाई निमन्त्रणा गरेर जन्मघर बोलाउने प्रचलन आजको एकाइसौं शताब्दीसम्म पनि रही आएको छ । विवाह गरी गएकी छोरी, मानो रोपेर मुरी फलाउने वर्खामासमको काममा थाकेकी हुन्छिन् । हरीतालिका तीजको अवसर पारेर छोरीलाई जन्मघर यानिकी माइतीघर बोलाउने यो एक प्रकारको स्वर्णिम अवसर पनि हो भन्दा अपाच्य नहोला ।

वर्खामासको कामले थाकेर गलेकी छोरीलाई तीजको अवसर पारेर माइति आई जन्मदिने प्राण भन्दा प्यारा आफ्ना आमाबुबा र आफूबाट टाढा–टाढा भएका साथीभाइलाई भेट्ने अवसर पनि हो ।

हिन्दु नारीहरुले विशेषतः तीजको अघिल्लो दिन दर खाने प्रचलन रही आएको छ । दर खाने बेला घरका सबै सदस्यहरु एक ठाउँमा जमघट भई विभिन्न मिष्ठान्न परिकार तयार गरेर मध्य रातको १२ बजेसम्म बसी खाने गर्दछन् । हरीतालिका तीजको अघिल्लो दिन विशेषतः सबैको घरमा खीर बनाउने प्रचलन छ । खीरमा १२ मसलाहरु समावेस हुने भएकाले वर्खामासमा भिजेर गडेको चिसो पनि निर्मूल हन्छ भन्ने भनाई रही आएको छ ।

हरितालीका तीजको दिन निराहार, निराकार उपवास बसी शिव मन्दिरमा गई आफ्नो वर्षदिन भरीको दुःख पीडा गीत संगीतका माध्यम मार्फत पास्किने गर्दछन् । तर, हिजो आज आएर तीजलाई केही नारीहरुले एक महिना अगाडीबाट नै मनाउने गर्दै आएका छन् । एक प्रकारले भेटघाट हुनु राम्रै हो, तर गरीब दुःखीहरुको लागि भने विकृति पनि हो । एक महिना अगाडीबाट तिज मनाउनाले समाजमा विकृति पनि निम्त्याएको छ ।

हामीले आँखाका डिल अनि मनका भित्ता खोलेर हेर्ने हो भने हरीतालिका तीज पुरुष र नारीहरुको लैगिंक समानताको उत्सर्ग पनि हो । हरतिालिका तिजलाई आमा, छोरी, बुहारी, सासु, आमाजु, दिदी, बहिनी लगायत सम्पूर्ण नातागोताहरूको सबैको एउटा साझा चौतारीका रूपमा पनि लिन सकिन्छ ।

हिन्दु धर्मालम्बी नारीहरुको लागि तीजको आफ्नै प्रकारको छुट्टै महिमा रहेका कारण तीजलाई भड्किलो पार्टीको रुपमा नभई तीजकै रुपमा लिनु उचित हुन्छ । आज हिन्दु नारीहरुले पानी पनि नखाई निराहार, निराकार व्रत बसी नजिकका शिवालयमा गएर आरध्यदेव भगवान् शिव र पार्वतीको पूजा आराधना गरी शुआर्शिवाद ग्रहण गर्ने गर्दछन् । साँझ परेपछि नसक्नेहरुले ताजा फलफूल, दुध र काँडा पानी पिउँछन् भने सक्नेहरुले पानी पनि नपिई निराहार, निराकार उपवास बस्छन् ।

हरितालीका तीजको भोलिपल्ट यानिकी चतुर्थीको दिन उदाउँदो उषका किरणसँगै सम्भब हुनेले आफूलाई पायक पर्ने नजिकको गंगामा गई स्नान गर्छन्, जो वृद्ध छन्, जो गंगासम्म जान सक्दैनन् उनीहरुले आफूलाई जहाँ सहज हुन्छ त्यहाँ गई स्नान गर्छन् । स्नान पश्चात विवाहित नारीहरुले शिवलिंग बनाएर पुजा आरधाना गरे पश्चात आफ्नो श्रीमानको पाऊ धोएर जल पिउँछन् ।

तीजको चौथो दिन यानिकी ऋषि पञ्चमीको दिन रजश्वला भएका हिन्दु नारीहरुले उषाको किरणसँगै उठी आफूलाई पायक पर्ने नजिकको पवित्र गंगा तटमा गई स्नान पश्चात सप्तर्षिको पुजा आरधना गरी पुरोहितलाई आफ्नो गक्ष अनुसारको दान, दक्षिणा, भेटी दिई विधिवत रुपमा पुजा आरधना समाप्तिसंगै हरीतालिका तीजको समाप्ति हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here