कविता
पत्थरले फोर्न नसकेको
ओखर जस्तो निधारहरु
भुइचाँलोले चर्काँउनु नसकेको
वीर नेपालीको छातीहरु
गरीबीले निल्न नसकेको
स्वाभिमानको शिरहरु
मुत्युले हार मानेको अवाजको पुकारहरु
दौडेर कहिले नथaक्ने सफा बदाल जस्तो मनहरु
केवल एउटा सिमा रेखाले
कती अभागी बनायो
दिएर नगलेको यो हातलाई
स्वायम माग्ने बनाँयो
मैधान छोडेर नभागने यो मुटुलाई
धुजा धुजा परेर
यती सरो कम्जोर बनाँयो
हिजो पुर्खाहरुले बहदुरीले संसार चिनाए
अब उसो ती पुर्खाको सन्तातीहरुले
कलमले चिनाँउने छन्
शब्द-शब्द मिलाएर संसार भरको नेपालीलाई उन्ने छन्
जस्को लागि बिजुवा जस्तो नफलाके पनि हुन्छ
ए पापी च्याट्याङ हो
अब उसो रगतको बर्षा हैन
सिर्जानको बर्षा हुने छ
तब मात्रै सुकेर खाटो बसेको आँसुहरु मौलाँउने छन्
हाँस्न भुलेको चियाबारी हाँस्ने छ
उज्यालो नछाएको ओडरमा
दिनहरुको हिसाब हुने छ
बिना अर्थ ओइलीएर झरेको फुलले पनि
सुगन्धा फैलाएर
एउटा सपान बुन्ने छ
जो हिमाल जस्तो स्वाछ अनि अटल रहने छ