“हाम्रो पीडामा एक्लै उभिए जस्टिन डगलस” रबिन गुरुङ

0
19

अर्जुन प्रधान/ह्यारिसबर्ग

पेनसिल्भेनियाको १०औँ कंग्रेसनल जिल्ला डेमोक्रेटिक प्राइमरी चुनावको सन्दर्भमा नेपाली भाषी भूटानी समुदायका प्रतिनिधि रबिन गुरुङको भनाइले विशेष ध्यान तानेको छ। उनले आफ्नो समुदायले भोगेको कठिन समयमा डफिन काउन्टीका कमिश्नर जस्टिन डगलसले देखाएको साथलाई स्मरण गरेका छन्।

रबिन गुरुङका अनुसार, गत वर्ष नेपाली भाषी भूटानीहरू अन्यायपूर्ण गिरफ्तारी र डिपोर्टेशनको जोखिममा पर्दा धेरैजसो राजनीतिक नेताहरू मौन बसे।

“मेरो समुदायमाथि भएको अन्यायपूर्ण गिरफ्तारी र डिपोर्टेशनको विरोधमा बोल्ने कुनै पनि नेता देखिएनन्, जस्टिन डगलस बाहेक,” उनले भने।

उनले थपे, “उहाँले सधैं स्पष्ट रूपमा ICE (आइस) का कठोर कदमको विरोध गर्नुभयो। परिवारसँगै पाइक काउन्टी डिटेन्सन सेन्टरसम्म पुगेर, छुट्टिनुअघि आफ्ना आफन्तसँग भेट गराउन पनि सहयोग गर्नुभयो।”

मंगलबार पेनसिल्भेनिया क्यापिटल भवनको मेन रोटुन्डामा आयोजित पत्रकार सम्मेलनमा आप्रवासी तथा अल्पसंख्यक समुदायका विभिन्न प्रतिनिधिहरूले आफ्नो धारणा राखेका थिए। कार्यक्रममा API PA का कार्यकारी निर्देशक मोहन सेशाद्री, API PA बोर्ड सदस्य तथा नेपाली भाषी भूटानी समुदायका स्थानीय अगुवा रबिन गुरुङ, मुस्लिम अमेरिकी समुदायकी प्रतिनिधि नबिला ताहा, वन पेनसिल्भेनियाका PA-10 आयोजक टायलर हार्टल, CASA इन एक्शनकी पेनसिल्भेनिया अर्गनाइजिङ निर्देशक मिर्ना मिरान्डा तथा तीन दशकभन्दा बढी समयदेखि समुदायमा सक्रिय अभियन्ता टेरेन्स वेब सहभागी थिए।

यसैबीच, डफिन काउन्टीका कमिश्नर तथा डेमोक्रेटिक कंग्रेसनल उम्मेदवार जस्टिन डगलसले आप्रवासी र रंगभेद समुदायको प्रतिनिधित्व गर्ने तीन संस्थाबाट समर्थन प्राप्त गरेका छन्। एशियन प्यासिफिक आइल्यान्डर पोलिटिकल एलायन्स (API PA), वन पेनसिल्भेनिया र CASA इन एक्शनले १०औँ कंग्रेसनल जिल्ला डेमोक्रेटिक प्राइमरीमा डगलसको उम्मेदवारीलाई समर्थन गरेका प्रेश बिज्ञाप्तिमा जनाएको छ ।

डगलस हाल उक्त क्षेत्रमा डेमोक्रेटिक उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा छन्। मे १९ मा हुने प्राइमरी चुनावमा उनका प्रतिस्पर्धी जेनेल स्टेल्सनसँग कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

यसबीच, रबिन गुरुङजस्ता समुदायका आवाजहरूले आप्रवासी समुदायको मुद्दा र त्यसमा नेतृत्वको भूमिकालाई थप केन्द्रमा ल्याएका छन्।

उक्त कार्यक्रमको लाइफ समाज टाइम्सको पेजमा गइहेर्न सकिन्छ । https://www.facebook.com/share/v/18BU3phnFw/?mibextid=wwXIfr

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here