अमेरिकी कांग्रेसमा भुटानविरुद्ध ऐतिहासिक प्रस्तावः प्रेस बिज्ञाप्ति

0
8

@अर्जुन प्रधान

अमेरिकी प्रतिनिधि सभाका दुई प्रभावशाली सांसदहरूले भुटान सरकारद्वारा नेपालीभाषी लोत्साम्पा र शार्चोप समुदायमाथि दशकौंदेखि हुँदै आएका मानवअधिकार उल्लङ्घनलाई औपचारिक रूपमा निन्दा गर्दै एक ऐतिहासिक प्रस्ताव दर्ता गरेका छन्।

क्यालिफोर्नियाका प्रतिनिधि रो खन्ना र पेन्सिलभेनियाका प्रतिनिधि समर लीले “भुटान दमन प्रस्ताव” दर्ता गरेका हुन्, जसले सन् १९८० को दशकको उत्तरार्ध र १९९० को दशकमा भुटानबाट एक लाखभन्दा बढी नेपालीभाषी लोत्साम्पा र शार्चोपलाई जबर्जस्ती निष्काशन गरेकोप्रति भुटानको जिम्मेवारी स्वीकार गराउन तथा न्याय, स्वदेश फिर्ती र मेलमिलापका लागि दीर्घकालदेखि विलम्बित कदमहरू उठाउन आग्रह गर्दै प्रेश बिज्ञाप्ति निकालेका छन् ।

मूल प्रेस विज्ञप्तिःhttp://khanna.house.gov/

प्रस्तावका पाँच प्रमुख माग
यो प्रस्तावले भुटानलाई अमेरिकासँग रचनात्मक सम्बन्ध कायम राख्दै राजनीतिक र आर्थिक भेदभाव, थुनाइ, यातना, नागरिकता हराउने र ठूलो पैमानामा विस्थापन भोगिरहेका समुदायहरूको हितका लागि निम्न कदम उठाउन बाध्य पार्ने उद्देश्य राख्दछ:
१. राजनीतिक बन्दीहरूको रिहाइ — लोकतन्त्र र मानवअधिकारको पक्षमा आवाज उठाउँदा थुनिएका सबै बन्दीहरूलाई तत्काल रिहाइ गरिनुपर्ने।
२. नागरिकता पुनःस्थापना — नेपालीभाषी लोत्साम्पाहरूको जबर्जस्ती खोसिएको नागरिकता फिर्ता गरिनुपर्ने।
३. नेपालसँग पुनः वार्ता — विस्थापित व्यक्तिहरूको स्वैच्छिक स्वदेश फिर्तीका लागि नेपालसँग द्विपक्षीय वार्ता पुनः सुरु गरिनुपर्ने।
४. शरणार्थी फिर्तीलाई स्वीकार — स्वदेश फर्किन चाहने शरणार्थीहरूलाई बाधारहित रूपमा फिर्ता आउन दिइनुपर्ने।
५. सत्य आयोगको गठन — सन् १९९० को दशकमा भएका अत्याचारको निष्पक्ष छानबिन गर्न र मेलमिलापको प्रक्रिया अगाडि बढाउन एक स्वतन्त्र सत्य आयोग गठन गरिनुपर्ने।

प्रस्तावको पूर्ण पाठ:https://www.congress.gov/bill/119th-congress/house-resolution/1093/text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here