भुटानी नेशनल डेमोक्रेटिक पार्टीको ३५ औँ स्थापना दिवस झापामा मनाइयो

0
15

@अर्जुन प्रधान

भुटानी नेशनल डेमोक्रेटिक पार्टीले आफ्नो ३५ औँ स्थापना दिवस भुटानी शरणार्थी ऐतिहासिक तथा सांस्कृतिक परिसर, चाराली, झापामा प्रमुख अतिथि भोलाधिताल, सल्लाहकार, सीपीएन(एमाले) झापा जिल्ला लगायत कार्यक्रममा पार्टीका शुभेच्छुकहरू उपस्थित बिच मनाएको छ।

कार्यक्रमको अवसरमा पार्टीका कार्यवाहक अध्यक्ष डा. डीएनएस ढकालले “भुटानी शरणार्थी समस्या पूर्ण रूपमा समाधान गर्न भुटानी राजासँग प्रत्यक्ष पहल गर्न अपिल गरेका छन्। उनले विदेशमा अधिकांश शरणार्थी पुनर्स्थापित भइसकेको अवस्थामा पनि समस्या यथास्थितिमा राख्नु उपयुक्त नभएको बताए। साथै, भारत सरकारलाई पनि शरणार्थी समस्या समाधानमा सक्रिय भूमिका लिन आग्रह गरेका छन्।”

कार्यक्रमका प्रमुख अतिथि भोलाधितालले “भुटानी समुदायले नेपालमा आफ्नो इतिहास जगेर्ना गर्न गरेको प्रयासको प्रशंसा गरे।” साथै भारतस्थित भुटान समर्थन समूहका समन्वयक सैलेन्द्र सिंह अरोराले भारतले शरणार्थी समस्या समाधानमा अघि आउनुपर्ने समय आएको र भारतीय जनताको दृष्टिकोण पनि शरणार्थी पक्षमा झुक्दै गएको बताए।

कार्यक्रममा भुटानी जेलमा रहेका कैदिहरूको भविष्यप्रति चिन्ता व्यक्त गरिएको थियो र स्वतन्त्रताको लागि जीवन गुमाएका शहीदहरूको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो।

भारतस्थित भुटान समर्थन समूहका समन्वयक सैलेन्द्र सिंह अरोराले सम्बोधन गर्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here