हार्दिक श्रद्धाञ्जली

0
20

Gwinnett County Police Officer प्रदीप तामाङको असामयिक निधनको खबरले हामी सबैलाई गहिरो शोकमा डुबाएको छ।

पथरी, सनिश्चरेमा जन्मिएर जीवनका धेरै संघर्ष पार गर्दै यहाँसम्म आइपुगेका प्रदीपले छोटो उमेरमै देश र जनताको सेवामा आफूलाई समर्पित गर्नुभयो।

सानो उमेरमै ठूलो जिम्मेवारी बोक्दै, अनुशासन, इमानदारी र सेवाभावका साथ प्रहरी अधिकारीका रूपमा उनले दुई वर्षसम्म उदाहरणीय सेवा गर्नुभयो। परिवारका सपना, आफ्ना योजना र सुन्दर भविष्यका चाहनाहरू बीचमै अधुरै रहन पुगेका छन्, जुन कुरा अझ पीडादायी छ।

प्रदीप केवल एक प्रहरी अधिकारी मात्र होइनन्उ,उनी परिवारका लागि गर्व, साथीहरूका लागि भरोसा र समुदायका लागि आशा थिए। उनको निष्ठा, कर्तव्यप्रति समर्पण र नम्र स्वभाव सधैं सम्झनामा रहनेछ।

यस दुःखद घडीमा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।

जहाँ रहे पनि, दिवंगत प्रदीप तामाङको आत्माले चिरशान्ति पाओस्।

अन्तिम संस्कार कार्यक्रमको ठेगाना

दिवंगत Gwinnett County Police Officer प्रदीप तामाङको पार्थिव शरीरको अन्तिम संस्कार कार्यक्रम निम्न स्थान र समयमा सम्पन्न हुने जानकारी गराइन्छ।

श्रद्धाञ्जली तथा प्रार्थना सभा

मिति: Saturday, February 7, 2026

समय: बिहान 10:00 बजे

स्थान:

12 Stone Church

2565 Buford Hwy NE

Buford, GA 30518

अन्तिम दाह संस्कार (Cremation Service)

समय: दिउँसो 1:00 बजे

स्थान:

Tim Stewart Funeral Home

300 Simonton Road SW

Lawrenceville, GA 30046

यस दुःखद घडीमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरिदिनुहुन परिवारको हार्दिक अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here