विश्व शक्तिहरूको प्रतिस्पर्धा चर्किँदै जाँदा उत्तर ध्रुव नजिकको विशाल टापु ग्रीनल्यान्ड फेरि अन्तर्राष्ट्रिय राजनीतिमा केन्द्रमा आएको छ।
दोस्रो विश्वयुद्धदेखि नै रणनीतिक महत्वका कारण अमेरिकाको चासोमा रहेको ग्रीनल्यान्ड पछिल्ला वर्षहरूमा चीनको बढ्दो उपस्थिती, जलवायु परिवर्तन र प्राकृतिक स्रोतको कारण झन् संवेदनशील बनेको छ।
अमेरिकाले इतिहासमै पटक–पटक ग्रीनल्यान्ड आफ्नो प्रभाव क्षेत्रमा ल्याउने प्रयास गरे पनि, आज यो विषय साना देशहरूका लागि सार्वभौमसत्ता, शक्ति राजनीति र आत्मनिर्णयको गम्भीर पाठका रूपमा उभिएको छ।












