घनचक्करभित्र बिष्णुको भूठान यात्रा

0
41

@ अर्जुन प्रधान

“बिष्णुको जीवन एक घुमिरहेको चक्र हो। उनको मन कहिल्यै मातृभूमिबाट टाढा छैन। विस्थापनको पीडा, परिवारसँगको झगडा र विश्वासबीचको संघर्ष निरन्तर चलिरहन्छ या देखिन्छ ।”

The World’s Happiest Man शान्त तर गहिरो चलचित्र – जसले विस्थापन, सम्झना, विश्वास र परिवारको जटिलतालाई मन छुने तरिकाले निर्देशकले देखाउँछन् ।

कथाको केन्द्रमा छन् बिष्णु, नेपाली भाषी भूटानी, जसको जीवन अमेरिका बसोबासमा बित्छ, तर उनको मन अझै मातृभूमिमा घुमिरहेको छ। बारम्बार भिसा अस्वीकृत हुनुले उनको भित्री यात्रा , आशा र अझ तीव्र गतिमा निराशाको घनचक्कर अन्तिमसम्म फैलिन्छ ।

उनकी नातिनी गुंगुनको सरलता र अमेरिकी संस्कारसँगको सहजता बिष्णुको भित्री पीडा र सम्झनासँग विपरीत खडा हुन्छ। दुई पुस्ताबीचको अन्तर चलचित्रको भावनात्मक केन्द्र हो।

धर्म र विश्वासको विषय पनि चलचित्रमा सन्तुलित रूपमा प्रस्तुत गरिएको छ। पास्टरमार्फत ख्रीष्टियन विश्वास र आत्मिक शक्ति देखाइन्छ, त्यस्तै हिन्दू परम्पराको निरन्तर अभ्यास पनि जीवनसँग जोडिएको देखिन्छ। यी दुवै आस्था बिष्णुको जीवनमा आशा र शक्ति थप्छन्।

चलचित्रले सामाजिक सन्देश पनि दिएको छ। यसमा LGBTQ+ सम्बन्धको अस्वीकृति र पुरुष सन्तानलाई प्राथमिकता दिने परम्परागत सोचजस्ता विषयहरू उठाइएका छन्। यसले स्पष्ट देखाउँछ कि, जहाँ जति नेपाली गए पनि, केही पुराना विचारधाराहरू अझै मनमा बसेको पाइन्छ।

कथामा सबैभन्दा जटिल मोड बिष्णुको मृत्युमा आउँछ। बिष्णुले आफ्नो आत्मा प्रभुलाई सुम्पिएका थिए, तर यस निर्णयले उनका दाजु–भाइबीच ठूलो झगडा जन्माउँछ। परिवारमा चर्को द्वन्द्व र भावनात्मक तनाव चलचित्रको अन्तिम हिस्सामा प्रभावकारी ढंगले देखाइएको छ।

चलचित्र हेर्न मन लाग्ने अर्को कारण भनेको शिबिरमा देखिएका दाजुभाइ, आमा–बुबा, शिक्षक र शिबिर सचिवहरूको उपस्थितिले, कथालाई अझ जीवित बनाएको छ। त्यससगै चलचित्रमा समावेश गित, भजन र कथाले दर्शकको मनमा बसेका गाथाहरूलाई फेरि जीवित बनाउँछ। निर्देशकले कथा र छायांकनमा यस्तो सजीवता ल्याएका छन् कि चलचित्र हेरेपछि हरेक दर्शकको मन जितिन्छ।

चलचित्रको गति ढिलो भए पनि मौनता, स्मृति र प्रतीकात्मक दृश्यहरूले बिष्णुको जीवनको भावनात्मक घनचक्कर र परिवार भित्रको द्वन्द्वलाई प्रस्ट देखाउँछ।

चलचित्रमा जोडिएको सम्बन्ध र बिष्णुको अन्तरद्दण्द ऐन जस्तै भएर दर्शकलाइ घचघचराइन्छ । चलचित्रमा प्रयोग भएका बिम्ब रूख र बुढो मान्छे ! मेलबक्स र बुढो मान्छे ! कमिला र काग अनि धेरै सुन्दर बिम्बहरूले मनमा चलचित्र प्रति प्रेम बढाउछ ।

अन्ततः, The World’s Happiest Man केवल एक वृद्धको कथा होइन। यो विस्थापन भोगेका नेपाली भाषी भूटानीहरूको साझा अनुभूति हो, जहाँ सम्झना, विश्वास र परिवारको जटिलता जीवनलाई अर्थपूर्ण बनाउँछ।

Starring: Haribamsha Acharya, Aditi Pyakurel, Bruce Dern

Supporting actors: Dayahang Rai, Joes Pandey

Director: Binod Poudel

Amazon Prime मा उपलब्ध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here