राजनीतिक संवाद पुनः सुरु, शीतल निवासमा शीर्ष नेताहरूको भेट

0
1

काठमाडौं — देशको राजनीतिक अन्योलका बीच संवादको सकारात्मक संकेत देखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच शीतल निवासमा भेटवार्ता भएको छ।

राष्ट्रपतिको आह्वानमा प्रधानमन्त्री कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छलफलमा समसामयिक राजनीतिक अवस्था, निर्वाचनको तयारी र संवैधानिक निकासबारे विचार–विमर्श भएको जनाइएको छ।

लामो समयदेखि हुन नसकेको शीर्ष तहको संवाद पुनः सुरु हुनु लोकतान्त्रिक अभ्यासका लागि सकारात्मक मानिएको छ। राजनीतिक दलहरूबीच सहकार्य र समझदारीको वातावरण निर्माण गर्ने उद्देश्यले भएको यो भेटले राजनीतिक स्थायित्वतर्फ आशा जगाएको छ।

राष्ट्रपति पौडेलको सक्रिय पहलले संवादको ढोका खुलाएको भन्दै राजनीतिक वृत्तमा यस भेटलाई समाधानमुखी प्रयासका रूपमा हेरिएको छ।

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here