नेदरल्यान्डमा तीन कृति विमोचन: भूटानी जीवन, संघर्ष र चेतनालाई समेटिएका कथा सार्वजनिक

0
939

अर्जुन प्रधान 

नेदरल्यान्डको ऐतिहासिक शहर द हेगमा सम्पन्न भएको विश्व भूटानी साहित्यिक सम्मेलन–२०२५ (GICC–6) को विशेष सत्रमा तीन सशक्त नेपाली कृतिको औपचारिक विमोचन गरियो। यी कृतिहरू भूटानी नेपाली समुदायको जीवन, विस्थापन, संघर्ष, प्रेम र पुनर्जन्मका यथार्थ अनुभवहरूमाथि आधारित छन्।

 ‘खुशीको गाउँ’ – खगिन्द्रा खुशी

साहित्यकार खगिन्द्रा खुशीको बहुप्रतीक्षित उपन्यास ‘खुशीको गाउँ’ को विमोचन कार्यक्रमको मुख्य आकर्षण रह्यो।

यस उपन्यासमा सन् १९९० को दशकमा भूटानबाट लखेटिएर नेपालका झापा-मोरङका शरणार्थी शिविरमा पुगेका नेपालीभाषीहरूको पीडा, त्यहाँ बिताएका दुःखका वर्षहरू, प्रेमका मधुर पलहरू, र तेस्रो मुलुक पुनर्बासपछि बनाएको नयाँ जीवनको संघर्षलाई अत्यन्त संवेदनशील ढंगले चित्रण गरिएको छ।

बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्सालले उपन्यास विमोचन गर्दै भन्नुभयो,

“यो उपन्यास निर्वासित पुस्ताको आत्मा हो, जसले विगतका घाउ देखाउँछ तर भविष्यप्रतिको विश्वास पनि जगाउँछ।”

लेखिका खुशीले भनिन्,

“शिविरको असहज जीवन, आत्मीय सम्बन्ध र स्वतः बगेका आँसुहरू नै यो उपन्यासका अक्षर बनेका हुन्।”

धुलोमा हिरा’ – गोपाल पौडेल

युवा साहित्यकार गोपाल पौडेलको कवितासङ्ग्रह ‘धुलोमा हिरा’ ले पनि विमोचन अवसर पायो।

यस संग्रहमा विस्थापित मानसिकता, आधुनिकता र मौलिक पहिचानका विषयवस्तुहरू छन्। कविताहरूले निर्वासनको चट्याङ जस्तै पीडा र धूलोमै लुकेका आशाका हिराहरूलाई शब्दको प्रकाशमा ल्याएका छन्।

पुस्तकको बारेमा साहित्यकार पातलो अन्तरेले भने,

“धुलोमा हिरा पढ्दा कवितामा कति गहिरो आत्मानुभूति मिसिएको छ भन्ने महसुस हुन्छ।”

लेखक गोपाल पौडेल भन्नुहुन्छ “जानेन भने हीरा पनि धूलो हुन सक्छ भने कहिले कहीं सबैले कुल्चिएर हिंडेको धूलोमा पनिहीरा हुन सक्छ। यो मेरो चारौं कृति हो, भने यसपालिको कविता सङ्ग्रह हो ।”

याम एक सापेक्ष’ – याम राई

याम राईद्वारा लिखित यो वैचारिक गद्य कृति ‘याम एक सापेक्ष’ पनि विमोचित गरियो।

कृतिले जीवन, दर्शन, चियापसलको विमर्शदेखि व्यक्तिगत स्मृतिसम्म, विस्थापित जीवनका अस्तित्ववादी दृष्टिकोणहरूलाई छिचोलेको छ।

लेखक याम राईले भन्नुभयो,

“हामी हिजोका पातहरू होइनौँ, हामी आजको सोच हौँ। यो कृति एउटा वैचारिक संवादको प्रयास हो।”

योगेनहाङ् राईको “याम” एक सापेक्ष कविता संग्रहभित्रका कविताहरू पढ्दै जाँदा यस्तो लाग्यो कि नेपाली साहित्यआकासमा एउटा चम्किलो ताराको उदय भएको छ। 

साहित्यकार  पातलो अन्तरे भन्नुहुन्छ 

“योगेनहाङ् राईद्वारा रचित “याम” एक सापेक्ष वहाँको पहिलो कविता संग्रह हो जसले समय, समाज र आत्मअनुभूतिलाईगहिरो कलात्मक संवेदनशीलतासाथ प्रस्तुत गरेको छ। उहाँका कविताहरूले भोगाइका तहहरू पन्छाउँदै पाठकलाईअनुभूतिका नयाँ आयामसम्म पुर्‍याउँछन्। यस्ता सिर्जनात्मक अभिव्यक्तिहरूले नेपाली साहित्यको भण्डार अझ समृद्ध बनोस्भन्ने शुभकामना व्यक्त गर्दछु। आगामी दिनहरूमा उहाँका कलमले अझ धेरै चेतनशील र प्रभावशाली सिर्जना ल्याओस् भन्नेशुभेच्छा दिन चाहन्छु। “

कार्यक्रममा विश्व भूटानी साहित्यिक संगठन (GBLO) का अध्यक्ष कर्ण गुरुङ, उपाध्यक्ष विश्वासदीप तिगेला, निर्देशक डेनजोम साम्पाङ, समीक्षक प्रकाश आङ्देम्बे, अनुराधा पौडेल, ईश्वर ढकाल, डिपी शर्मा मैनाली, थुप्तेन ड्रुक्पा लगायत थुप्रै साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

विश्व भूटानी साहित्यिक संगठन (GBLO )अध्यक्ष गुरुङले भने,

“यी कृतिहरू केवल साहित्यिक उत्पादन मात्र होइनन्, यो हाम्रो समुदायको ऐतिहासिक साक्ष्य, आत्मकथन र सजीवदस्तावेज पनि हुन्।”

यी तीन कृतिको विमोचनसँगै भूटानी नेपाली शरणार्थी जीवनको बहुआयामिक चित्रण विश्व साहित्यको चोकमा राखिएको छ। भाषामा बाँचेका अनुभूतिहरू, अक्षरहरूमा उत्रिएका पीडा र विमर्शले नेपाली साहित्यलाई संसारका कुना–कुनामा पु¥याउने अपेक्षा गरिएको छ।

@अर्जुन प्रधान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here