अर्जुन प्रधान, अमेरिका
नेपाली मूलका चारजना परमेश्वरका सेवकहरूले हालै सेवा र आत्मिक नेतृत्वमा आधारित उच्च शिक्षा अन्तर्गत डाक्टोरल डिग्री (Doctor of Ministry / D.Min.) प्राप्त गरेपछि, सामाजिक चेतनामूलक चलचित्र “समालिएको जाति”निर्माण टिमले विशेष आध्यात्मिक बधाई र सम्मान व्यक्त गरेको छ।
डा. जोन मगर, डा. माइकल थापा, डा. अञ्जली लामा, र डा. सन्तोष शर्मा (Asbury Theological Seminary, USA)यी समर्पित सेवकहरूलाई चलचित्रका निर्देशक शन्तोष रामदाम सहित सम्पूर्ण टिमले आत्मिक शुभकामनासहित सम्मान प्रकट गरेका छन्।
बधाई सन्देशमा उल्लेख छ —
“तपाईंहरूका सपनाहरू, रातरातभरको अध्ययन, निरन्तरको परिश्रम अनि प्रार्थनाले आज फल दिएको छ। ज्ञानको यो यात्रा सजिलोथिएन, तर तपाईंहरूले विश्वास, अनुशासन र निष्ठाले यो मुकाम प्राप्त गर्नुभयो।”
सन्देशमा बाइबलको पद पनि उद्धृत गरिएको छ:
“तिमीहरू मबाट सिकेको, ग्रहण गरेको, सुनेको र देखेको कुराहरू अभ्यास गर, अनि शान्तिको परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।” (फिलिप्पी ४:९)
चलचित्रका निर्देशक शन्तोष रामदाम भन्छन्,

“आज तपाईंहरूलाई हेर्दा लाग्छ , जब मन साँचो हुन्छ र लक्ष्य असल, तब आशिषको ढोका आफैं खुल्छ। तपाईंहरूको यो सफलताएउटा गन्तव्य मात्र होइन, ठूलो सेवाको सुरुवात हो। तपाईंहरूले प्राप्त गरेको ज्ञान अब समाजका लागि, राष्ट्रका लागि, अनिपरमेश्वरको महिमाका लागि उपयोग होस् भन्ने हाम्रो शुभकामना छ।”
सामाजिक चेतनाका लागि निर्माण गरिएको चलचित्र “समालिएको जाति” ले नेपाली समाजमा व्याप्त जातीय भेदभाव र आत्मपहिचानका विषयमा गहिरो संवाद प्रस्तुत गर्दै आएको छ। यस्ता प्रेरणादायक सफलताहरूलाई सम्मान गर्नु चलचित्र टिमको सामाजिक र आत्मिक प्रतिबद्धताको अभिन्न अङ्ग भएको निर्देशक रामदामले बताए।
यसै सन्दर्भमा, विश्वभर रहेका नेपाली पास्टरहरू, स्तोत्रमित्रहरू, पवित्रजनहरू तथा विभिन्न मण्डलीहरूबाट पनि यी सेवकहरूलाई आत्मिक शुभकामना, प्रार्थनाहरू र सामाजिक सञ्जालमार्फत बधाई प्रकट गरिँदैछ।
यी सेवकहरूको सेवामूलक शिक्षामा प्राप्त यो शैक्षिक सफलता सम्पूर्ण नेपाली ख्रीष्टियन समुदायका लागि प्रेरणा, आशिष र गौरवको विषय बनेको छ।

यो पनि हेर्नु होला https://youtu.be/K47WlsvglGU?si=rl2LFaDeaJ7ai0WA