बाल अपहरण प्रयास आरोपपछि ४५ दिन जेलमा बसेका पटेलको कथा विवाद र समर्थनबीच अगाडि बढ्दै
अर्जुन प्रधान
ग्लोबलपोस्टको रिपोट — अमेरिकाको जर्जियास्थित वालमार्टमा दुई वर्षे बालकलाई अपहरण गर्न खोजेको आरोप लागेका महेन्द्र पटेल, ५७, ले जेलमा ४५ दिन बिताएपछि १०,००० डलर धरौटीमा मंगलबार रिहा भए। रिहा भएलगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “म यति खुसी छु कि म बाहिर निस्कन सकेँ। कसैले मलाई यस्तो आरोप लगाउँछ भन्ने मैले कहिल्यै कल्पना पनि गरेको थिइनँ।”
मार्च १८ मा अक्रोर्थ सहरको वालमार्टमा भएको यो घटना हाल विवादास्पद विषय बनेको छ। घटनास्थलमा पटेलले कारोलिन मिलर नामकी महिलासँग टाइलेनोल खोज्न मद्दत मागेका थिए, तर पछि उनले मिलरको दुई वर्षे छोरा तान्न खोजेको आरोप लागेको हो। मिलरले तुरुन्त बच्चा फिर्ता तानिन् र पटेल त्यहाँबाट हिँडेको प्रहरीको प्रारम्भिक रिपोर्टमा उल्लेख थियो।
आरोप र सामुदायिक समर्थनबीच कानुनी लडाइँ
सुरक्षा फुटेज र ‘FLOCK’ क्यामरा प्रविधिबाट पहिचान भएपछि तीन दिनपछि पटेललाई पक्राउ गरिएको थियो। उनलाई अपहरण प्रयास, सामान्य आक्रमण र कुटपिटको अभियोगमा ग्रान्ड जूरीले अप्रिल ३ मा आरोप लगाएको हो।
(सबै जानकारी यस भिडियोमा राखिएको छ स्रोत ः- 11Alive)
तर पटेल र उनका कानूनी प्रतिनिधि अश्ली मर्चेन्टले भने घटना एक ठूलो गलत बुझाइ भएको जिकिर गर्छन्। मर्चेन्टले अदालतमा वालमार्टको सुरक्षा फुटेज प्रस्तुत गरिन्, जसमा पटेल मिलर स्कूटरमा बच्चा लिएर हिँडेको देखेर बच्चा लड्ला भनेर सम्हाल्न खोजेको देखिन्छ।
“मलाई लाग्यो कि उनी अपाङ्ग हुन सक्छिन्, र म केवल मद्दत गर्न चाहन्थें,” पटेलले बताए। “म यस्तो आरोप सुन्नु आफैँमा एक सदमाको कुरा हो।”

न्यायाधीशको टिप्पणी र धरौटीको फैसला
कोब काउन्टी सुपेरियर कोर्टका न्यायाधीश ए. ग्रेगोरी पूलेले धरौटी प्रदान गर्दै भने, “उहाँ केहीबेर त्यहीँ बस्नुभएको देखिन्छ, म उहाँलाई भाग्न खोज्ने व्यक्ति ठान्दिन।” साथै, उनले थपे, “उहाँलाई धरौटीमा बस्ने अधिकार छ।”
अभियोजक जेसी इभेन्सले पटेलको अघिल्लो आपराधिक इतिहास उल्लेख गर्दै उनी पहिले आर्थिक अपराधमा दोषी ठहर भएका र मदिरा सेवनसहित गाडी चलाएको आरोपमा पक्राउ परेको जानकारी दिए। तर न्यायाधीशले भने त्यो कुरा अहिलेको धरौटी निर्णयमा निर्णायक होइन।
पटेलको पक्षमा धेरै छिमेकी, आफन्त र सामाजिक कार्यकर्ताहरू अदालतमा उपस्थित थिए। उनी स्थानीय गैरनाफामूलक संस्थाहरूमा स्वयंसेवा गर्दछन् र ‘किवानिस क्लब’ का सदस्य समेत हुन्।
समुदायको दृष्टिकोण र भविष्यको बाटो
स्थानीय समर्थक डा. पेन छेडाले स्थानीय टेलिभिजन लगायत पत्रिका सँग भने, “भिडियो हेर्ने कुनै पनि विवेकी मानिसले यो अपहरण प्रयास भनेर भन्न सक्दैन। यो बढीमा एक गलत बुझाइ हो।”
पटेलको वकिल मर्चेन्टले पनि यथार्थ बाहिर आउनेमा विश्वास व्यक्त गर्दै भनिन्, “म आशा गर्छु अन्ततः सत्यको विजय हुनेछ।”
हालसम्म यस मामिलाको परीक्षण मिति तय भइसकेको छैन। पटेल हाल धरौटीमा रिहा भए पनि घटनाको कानुनी परिणाम अझै बाँकी छ।

लाइभः- कोर्डभित्र भएको सुनुवाइ https://www.youtube.com/live/ejy5x_Qwe6Yज?si=Gg16vVfZTkBLNUNg
“म बाहिर निस्कन पाउँदा निकै खुसी छु”: धरौटीमा रिहा भएपछि बोले महेन्द्र पटेल
५७ वर्षका महेन्द्र पटेल, जो वालमार्टमा दुई वर्षे बालक अपहरण प्रयासको आरोपमा ४५ दिन जेलमा बसेका थिए, धरौटीमा रिहा भएपछि सञ्चारकर्मीहरूसँग भावुक प्रतिक्रिया दिएका छन्।
“म बाहिर निस्कन पाउँदा निकै खुसी छु,” उनले भने।
“म माथि कसैले यस्तो आरोप लगाउँछ भन्ने कुरा मैले कल्पनासमेत गर्न सक्दिनँ। यो एकदमै अचम्मको कुरा हो,” पटेलले थपे।
उनको भनाइ अनुसार, उनले वालमार्टमा स्कूटरमा बच्चाहरूसँग सवार महिलालाई अपांग भएको ठानेर सहयोग गर्न खोजेका मात्र थिए। “म उनलाई सहयोग गर्न खोज्दै थिएँ, अपहरण गर्ने नियत थिएन,” पटेलले प्रष्ट पारे।
रिहा भएपछि उनका वकिल अश्ली मर्चेन्टले भनिन्, “म आशा गर्छु अन्ततः सत्यको विजय हुनेछ।”
घटनाको पृष्ठभूमि:
मार्च १८ मा अक्रोर्थको कोब पार्कवे स्थित वालमार्टमा भएको उक्त घटनामा अनुसन्धानकर्ताहरूका अनुसार, पटेलले एक आमासँग टाइलेनोलबारे सोधेका थिए। प्रत्यक्षदर्शीहरूले प्रहरीलाई बताएअनुसार त्यसपछि पटेलले ती आमाको छोरालाई तान्न खोजे।
महिलाले तुरुन्त बच्चालाई फिर्ता तानेकी थिइन् र पटेल त्यहाँबाट भागेका थिए।
तर, तीन दिनपछि वालमार्टको सुरक्षा फुटेज र ‘FLOCK’ क्यामरा प्रविधिको प्रयोग गरेर प्रहरीले पटेलको पहिचान गरी उनलाई पक्राउ गर्यो। उनी त्यसबेला धरौटी बिना कोब काउन्टी शेरिफ कार्यालयमा राखिएका थिए।
उनमाथि अपहरण प्रयास, सामान्य आक्रमण र सामान्य कुटपिटको आरोप लगाइएको छ।
अहिले के हुँदैछ:
हालसम्म पटेलको मुद्दाको सुनुवाइ मिति तय गरिएको छैन।
स्रोत: कोब काउन्टी अदालत र FOX 5 Atlanta ,11 Alive को रिपोर्ट।