ड्रुक सितोकाईले एक गोल्ड सहित आठ कस्य जित्यो : भुट्निस समुदायको कान्छो खेलाडीले १रजत र १ कास्य हात पार्न सफल

0
425


फोर्त वार्ड/ट्याक्सस

गत मार्च २८ देखि ३१मा सम्म चलेको यु एस ओपन र ज्युनियार अन्तराष्ट्रिय कप २०२४ मा ड्रुक सितोकाईले एक स्वर्ण दुई रजत र आठ कास्य हात पार्न सफल भएको छ।

पहिलो पटक युएस ओपनमा प्रतिस्पर्धा ड्रुक सितोकाईलाई प्रतिनिधित्व गर्दै फार्गो र ओहायोका जम्मा १२ जना खेलाडीहरु सहभागीताका लागि प्रस्थान गरेका थिए।फार्गो कराते क्लबबाट आठ जना थिए भने ओहायो कराते क्लबबाट चार जना थिए।

त्यसै गरि उक्त यु एस ओपन एवम् जुनियार अन्तराष्ट्रिय कफ २०२४मा ड्रुक सितोकाईको तर्फबाट कोचको रुपमा राज मगर र डेनि तामाङ सभागी थिए।

उक्त यु एस ओपन एवम् जुनियार अन्तराष्ट्रिय कफ २०२४मा कोचको रुपमा जानु हुने फार्गो कराते क्लबका कोच आफ्नो अनुभव सुनाउदै भन्छन ‘ खेलाडीहरुले चुनौतीलाई अँगाले, विभिन्न राष्ट्र स्तरका खेलाडीहरुको सामना गरे, र शीर्ष एथलीटहरू बीच आफ्नो कौशल प्रदर्शन गरेर मेडल हात पार्न सफल भए’ उनिहरुलाई ड्रुक सितोकाईको तर्फबाट बधाई तथा हार्दिक शुभकामना छ’ उनले बताए ।

त्यसै गरि ड्रुक सितोकाईको अफिसियनल हेड माया लेप्चाले आफ्नो नेपाली भाषी भुट्निस समुदयबाट महिलाको प्रतिनिधित्व गरेर यसरी राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागिता जनाउन पाँउदा एकदमै खुशि व्यक्त गर्दै भन्नु भयो; ‘ एकदमै उत्साहित भएको छु म हाम्रो नेपाली भाषी भुट्निस समुदय तथा महिला तर्फबाट अमेरिकाको प्रतिष्ठित खेलमा सहभागिता जनाउन पाँउदा खुशी महशुस भएको छ’

।’यो खेलले हामीलाई नयाँ अनुभाव र नयाँ कुरा सिकाईरहेको हुन्छ।जुन कुराले हामीलाई धेरै सहयोग पुर्याईरहेको छ’।

त्यसै गरि अफिस्यालको रुपमा सहभागी ड्रुक सितोकाईका सदस्य बिशाल गरुङले पनि धेरै कुरा सिक्ने अवसर पाएको कुरा बताउदै भने: ‘यसपालीको यु एस ओपनले हामी सबैलाई धेरै कुरा सिकाएको छ नानिहरुले पनि राम्रो प्रदर्शन गरेका छन’ उनको भनाई थियो।

यु एस ओपन र जुनियार अन्तराष्ट्रिय कप २०२४मा यशी तामाङ :ईन्टरमिडेट कातामा १ स्वर्ण, १ कास्य र कुमितेमा १ कास्य । जेनिशा मगर : ईन्टरमिडेट कुमितेमा दुई कांस्य। सरिश्मा तामाङ : ईन्टरमिडेट कातामा १ कास्य । सरगम अधिकारी : ईन्टरमिडेट कातामा १ कास्य जितेका छन।

फार्गो कराते क्लबका खेलाडी एरिक मंगरले कुमुतेमा एक रजत र कातामा एक कस्या जितेका छन।उनि सबै भन्दा नेपाली भाषी भुटानी समुदयको कान्छो खेलाडीका रुपमा चिनिएका छन।उनि मात्र सात वर्षका हुन उनि विग्नरमा खेलेका थिए।

त्यसै गरि उक्त राष्ट्रिय खेलमा ओहायो कराते क्लबबाट चार जनाको सहभागिता थियो भने किञ्जल दुलालः एडभान्स कुमितेमा १ कास्य र दर्शन राईले कुमुते ईन्टरमिडेटमा एक रजत हात पारिन।खेलाडीहरुले आफ्नो लेवलमा निक्कै कडा मेहनत गर्नु परेको थियो।

त्यसै गरि ड्रुक सितोकाईको अफिस्यलका रुपमा पेन्सिलभेनिया हेरिस्वर्गबाट माया लेप्चा मेरिल्यान्डबाट बिशाल गुरुङ र ओहायोबाट तुला ढकालले सहभागीता जनाएका थिए ।त्यसै गरि बिशाल गुरुङ र तुला ढकाल जज र रेफ्रिमा पदोन्नति भएका छन।यस्तै माया लेप्चा पानअमेरिकन खेलको अफिसयलको लागि तयारीमा लागेकि छन।

यस्तै यु एस ओपनमा टाक्सबाट अफिसयलको रुपमा केन्टुकीबाट भिम थापा, हरि सिवाकोटी र ओहायोबाट पुर्न तामाङ सहभागी भए।

त्यसै गरि ईस्काका १५ खेलाडीले भाग लिएका थिए जसमा तिन जनाले स्वर्ण सहित १३ मेडल हात पार्न सफल भए।(ईस्का )इन्टरनेशनल सितोरियो कराते डो एसोसेसन नेपाली भाषी भुटानी समुदयको खेलकुद संस्था हो यसको प्रमुख व्यक्ति शिव जोगी हुन।

यस्तै ( डिस्का) ड्रुक ईन्टरनेशनल सितोरियो कराते डो का युस ओपन एवम् जुनियार कपमा आफ्ना २० जना खेलाडीहरु सहभागी गराएका थिए जसमा १० स्वर्ण सहित ३५ मेडल हात पार्न सफल भए।उक्त खेलमा डिस्का प्रमुख रन राई र प्रशिक्षक निम लामा र ओत्साहाङ कोचको भुमिका थिए भने अफिसयलको रुपमा डिस्का अध्यक्ष हेमन्त घिसिङ, याम बिष्ट र टेक नेपाल सहभागी जनाएका थिए भने राज बराल टिम मेनेजर थिए।

यसै गरि यु एस ओपन एवम् जुनियार ईन्टरनेशनल कप२०२४मा ३३ देशका १२५० खलाडी सहभागी भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here