गायिका सानु माँ ज्योति”को स्वरमा ‘भावना’ सार्वजनिक

0
274

अर्जुन प्रधान

प्रदेशमा रहेर निरन्तर गायनमा सक्रिय गायिका सानु मा “ज्योति”को स्वरमा नयाँ गीत ‘भावना’ सार्वजनिक भएको छ। यस बखत, टिकट्क लगायत अन्य मिडियाहरूमा नेपाली संगीत प्रेमीहरूले रिल बनाएर यसलाई भाइरल बनाइरहेका छन्।

गीतमा के.एन. नेपालको शब्द र तुलाधर दर्नालको संगीत छ भने राहुल बिश्वकर्माले यस गीतलाई एरेन्ज गरेका छन्।

सार्वजनिक गरिएको गीतको भिडियोमा नायक जीवन कुमार ज्ञवाली र शिला गजुरेललाई रोमान्टिक रूपमा प्रस्तुत गरिएको छ। जीवन कुमार ज्ञवालीकै कोरियोग्राफी र निर्देशनमा तयार भएको यस भिडियोमा दुर्गा पौडेलले छायांकन र दीपक भिस्टाले सम्पादन गरेका छन्।

गायिका सानु मा “ज्योति”ले टिकटकमा गीत गाउने क्रममा दुर्गा प्रसाद भट्टराईले उनको आवाजको प्रशंसा गरेपछि “एउटा गीत रेकर्ड गर्दै लगानी गर्ने” वाचा गरेका थिए। साथै, उहाँलाई आफ्नो मेन्टर मान्नु हन्छ र श्रीमान सजीव आनन्दले पनि उतिकै साथ दिएपछि यो गीत दर्शकसामु ल्याइएको उनले बताइन्।

हाल गायिका सानु मा “ज्योति” दुबईमा बसेर नेपाली गीत-संगीत, कला, भाषा, र नेपालीपनको संरक्षणमा समर्पित भएर क्रियाशील देखिन्छिन्।

https://youtube.com

उक्त गितको भिडियो हेर्न लाइ Drs unlimited channel लाइ सब्सक्राइब गर्नुहोला । घरदेश बाट प्रदेश गएका नेपाली भाषी कलकारहरूको कला-गला र साहित्य प्रेमिहरुको भावना पोख्ने यूटुबमा Drs unlimited channel को नामबाट स्थापन गरेका छन् दुर्गा प्रसाद भट्टाराईले । भट्टाराईले प्रदेशमा रहेर घरदेशको कलाकारीतामा योगदान पुर्याउने स्रष्टा हरूलाइ धेरै सहयोग र हौसाला प्रदान गरेका छन् ।
https://youtube.com/@drs_unlimited?si=fJ0_6JWZakWf1lSb

समचारका लागि सम्पर्क गर्नु होला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here