सम्मान अनि आशाको चर्चा-परिचर्चा

0
66

इश्वर ढकाल | ओहायो, पाटास्काला

गत शनिवार, सेप्टेम्बर २८, २०२४ बेलुका ओहायो, पाटास्कालामा शिक्षिका द्रौपदी प्रधानलाई सम्मान साथै नाटककार अविशेक न्यौपानेको नाटक सङ्ग्रह “आशा” माथी चर्चा-परिचर्चा गरिएको छ । ग्लोबल भूटि्नज  लिटेरेरी ओर्गनाईजेसन (Global Bhutanese Literary Organization)द्वारा ग्लोबल एडुकेसन प्रोग्रामको व्यवस्थापनमा बिगत छ वर्षदेखि संचालित हुदै आएको अनलाइन नेपाली कक्षामा निरन्तर निसुल्क शिक्षण गरि पुर्याउनु भएको योगदानको कदर गर्दै उक्त संस्थाले सम्मान गरेएको हो | आफ्नो योगदानलाई कदर गरी यसरी सम्मानित हुन पाउदा आफू खुसी भएको भन्दै आभार प्रकट गरिन् | अग्रज तथा कवियत्री लिला निशा, लेखिका तिला रुपा, समाजसेवी एल.बी प्रधान विशेष अथितिको रुपमा सम्मानित स्रष्टासँगै उपस्थित थिए | अग्रज तथा कवियत्री लिला निशाको बाहुलीबाट मायाको चिनो प्रदान गरिएको थियो |

कार्यक्रमको दोस्रो चरणलाई औपचारिक्ता प्रदान गर्दै श्री ईस्वर ढकाल ज्यूले किन नाटक संग्रह “आशा”को चर्चा गर्न आवश्यकता छ भन्ने बारे स्पष्ट पार्दै ग्लोबल भूटि्नज  लिटेरेरी ओर्गनाईजेसन (Global Bhutanese Literary Organization)का संस्थापक अध्यक्ष श्री डेन्जोम साम्पाङ्, स्रष्टा श्री गण्डकी पुत्र र ग्लोबल भूटि्नज  लिटेरेरी ओर्गनाईजेसनका उपाध्यक्ष स्रष्टा श्री आभास रिखाम मगरलाई सङ्ग्रह चर्चाको प्यानलमा चयन गरी कार्यक्रम श्रीगणेश गरेका थिए।

कार्यक्रममा नाटककार श्री अविशेक ज्यूले “आशा” को पृष्ठभूमिलाई स्पष्ट पार्नु भएको थियो । यस संग्रहलाई थप चर्चाको क्रममा GBLO महासचिव स्रष्टा श्री पातलो अन्तरेले यस कृतिको महत्व र यस नाटक संग्रह भित्रका नाटकहरुको विस्तृतरूपमा प्रष्ट पार्नु भएको थियो । वहाँले आफ्नो भनाईमा आफूले थाहा पाए अनुसार सायद यो नाटक संग्रह नै भूटि्नज स्रष्टा हरुबाट पहिलो नाटक संग्रह हुन सक्ने दावी गर्नु भयो । यद्यपि, स्रष्टा श्री गण्डकी पुत्र ज्यूले यो भन्दा अगावै एउटा नाटक संग्रह हुन सक्ने जनाए पछि, यस यस विषयमा थप खोजीको आवश्यकता हुनु पर्ने निष्कर्ष सबैको रहयो। साहित्यकार गण्डकी पुत्रले कृति चर्चा बीच बोल्दै भने “प्राय साहित्यकारहरुले मूल धारको लेख भन्छन्, वास्तवमा यो केहि नभएर मात्र अहंम हो |” करिव ५० बर्ष अघिको उखानलाई जोड्दै आफूँले पनि ७-८ ओटा नाटक लेखेर मन्चनसम्म गरिसकेको जान्कारी दिनु भयो, र पाठक वा दर्शकको मन छोयो भने त्यो नै उत्कृष्ट हो र राम्रो हो । आफू भविष्यमा यस कृतिलाई अध्ययन गरेर प्रतिकृया लेख्ने जानकारी दिनु भयो । डेन्जोम साम्पाङ्ले नाटकको विशेषता र समाजमा जनचेतना फैलाउन नाटक प्रभावकारी हुने भन्दै नाटकको महत्व दर्शाउनु भयो | नाटककार अविशेक आफू व्यक्तिमा असल र इमान्दार भए जस्तै उनको नाटक कृति पनि पठन योग्य रहेको भन्दै प्रसंसा पनि ब्यक्त गरे | स्रष्टा श्री नविन शर्मा भट्टराई ज्यूले लेखक तथा कृतिलाई शुभकामना प्रदान गर्दै नाटक संग्रह आफ्नो बाहुल्यमा पहिलो पटक परेको भन्दै यस कृतिकाबारेमा यसलाई अध्ययन गरेर भविष्यमा प्रतिकृया दिन सक्ने जनाउनु भयो । उपाध्यक्ष श्री आभास रिखाम मगर ज्यूले कृति र लेखक दुवैलाई शुभकामना दिदै आफूले प्रकाशकियामा यस कृतिमा समाविष्ट नाटक विदाबारे केही लेखीसकेको साथै नाटक एउटा दृषित विदा भएकाले यसको छिट्टै पाठक वा दर्शकको मन छुने गर्छ भन्नु भयो र यस कृतिमा आफूँद्वारा लिखित प्रकाशकीयलाई पढेर सुनाउनु पनि भयो । यस कृति चर्चा -परिचर्चा कार्यक्रममा निम्न स्रष्टा सुसान “दियालो”, ईश्वर ढकाल, अबि व्यौपाने “अविशेक”, नेत्रप्रसाद आचार्य, मौसम माझी, सन्देश राई, डैनियल मगर, आभास रिखाम मगर, जय बान्तवा, गण्डकी पुत्र, नविन शर्मा भट्टराई, डेन्जोम साम्पाङ्ग र पातलो अन्तरे लगायत अन्य महानुभावहरु उपस्थित थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here