पास्टर भद्र राई र गायिका लिडिया राईलाई BNCA सम्मेलनमा गोल्डेन अवार्ड प्रदान

0
24

रोचेस्टर, अमेरिका – जुलाई ३, २०२५

भूटानी नेपाली चर्च अमेरिका (BNCA) को १२औं सम्मेलनको विशेष सत्रमा पास्टर भद्र राई र गायिका लिडिया राई लाई गोल्डेन अवार्ड प्रदान गरिएको छ।

दुवै व्यक्तित्वलाई नेपाली मसीही समुदायमा आत्मिक सेवामार्फत पुर्‍याएको दीर्घकालीन योगदानको कदर गर्दै सम्मानित गरिएको हो।

पास्टर राई BNCA का अध्यक्षसमेत हुन्, जसले वर्षौंदेखि बाइबल शिक्षण र आत्मिक अगुवाइमार्फत समुदायमा उल्लेखनीय सेवा पुर्‍याउँदै आएका छन्।

त्यस्तै, बाल्यकालदेखि नै संगीत सेवामा सक्रिय लिडिया राई ले चर्च गायनदेखि लिएर अन्तर्राष्ट्रिय मञ्चसम्म सुसमाचार संगीत फैलाउँदै आएकी छन्। “Voice of Shalom” जस्ता प्रतियोगितामा विजयी भई उनी ख्रीष्टियन संगीत क्षेत्रमा परिचित नाम बनेकी छन्।

सम्मेलनमा प्रदान गरिएको यो अवार्डले आत्मिक सेवामा निरन्तर लागिरहेका व्यक्तिहरूको उत्साह अभिवृद्धि गर्ने आयोजकहरूको विश्वास छ।

तीन दिनसम्म चल्ने कार्यक्रममा स्तुति–आराधना, आत्मिक शिक्षा, बाइबल अध्ययन, युवा सशक्तिकरण र प्रार्थना सेवा जस्ता विविध सत्रहरू समावेश छन्। नेपाल, भूटान, अमेरिका तथा विभिन्न राज्यहरूबाट आएका सेवक र विश्वासीलगायत सहभागीहरूले आत्मिक नवीकरणको अनुभूति गरिरहेको जनाएका छन्।

BNCA सम्मेलनले प्रवासी नेपाली ख्रीष्टियन समुदायमा विश्वास, एकता र सेवाको भावनामा नयाँ ऊर्जा थपेको आयोजकहरूको विश्वास छ।

@अर्जुन प्रधान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here