@अर्जुन प्रधान
ह्यारिसबर्ग (अगस्ट २०२५) – ‘बालप्रतिभा र साझा इतिहास’ भन्ने मूलमन्त्रसहित संगालो: Reading for Resilience–II ह्यारिसबर्ग, पेन्सिल्भेनियामा भव्य रूपमा सम्पन्न भएको छ। यसपटकको संगालोमा पाँचदेखि उन्नाइस वर्ष उमेरकाबालबालिकाले परिवार, पहिचान, साहस र आशाका कथाहरू वाचन गरेर दर्शकको मन जिते।
कार्यक्रमको विशेष क्षण पाँच वर्षका प्रतिक खनाल बने। सन् २०२० मा जन्मिएका प्रतिकले भरत तिम्सिनाको बाघ जुंगे काकावाचन गरेर सबैलाई आश्चर्यचकित बनाए। सुरुमा त्यतिसानो उमेरमा ४०० शब्दको कथा प्रस्तुत गर्न सकिन्छ भन्नेमा शंका भएपनि, उनको स्पष्ट उच्चारण र आत्मविश्वासपूर्ण प्रस्तुतीले हलभरिका सबैलाई मन्त्रमुग्ध पार्यो। प्रतिकले १२८ मध्ये ११९ अंकप्राप्त गर्दै प्रथम स्थान जिते।

दोस्रो स्थान रेश्मा ओडारीले जितिन्। उनले टिका अधिकारीको नमुस्काराएको खुशी वाचन गरिन्, जसमा नागरिकता प्राप्त गर्नेदिनमा पनि मातृभूमिको तिर्सना रोक्न नसक्ने वृद्धको कथा छ। तेस्रो स्थान कौस्तुभ रिजालले पाए, उनले विष्णु लुइँटेलको ऐ नछो–छुन्छस् है वाचन गरेर अमेरिकामा जन्मिएका नाति र परम्परागत हजुरबुबाबीचको दूरीलाई मार्मिक ढंगले प्रस्तुत गरे।
प्रतियोगिता निकै प्रतिस्पर्धात्मक बनेकोले यसपटक चौथो र पाँचौँ स्थानका लागि पनि पुरस्कार दिइएको आयोजकले जनाए।उद्देश्य निराश गर्नु होइन, प्रेरित गर्नु रहेको क्रियामान फाउन्डेशनका अध्यक्ष भरत तिम्सिनाले स्पष्ट पारेका छन् ।

कार्यक्रममा रोश्ना ओडारीले सृजना आचार्यद्वारा आफ्ना पिता लोकनाथ आचार्यको सम्झनामा लेखिएको मेरो बाबा कथावाचन गरिन्। रोशनाको भावनात्मक प्रस्तुतीले हजारौंलाई छोयो। लोकनाथ आचार्य सन् २०१४ देखि हराइरहेका छन् र उनीभूटानमा कैद छन् भन्ने विश्वास गरिएको छ।
त्यसैगरी, अर्जुन प्रधानको कथाले भूटान फर्कने आन्दोलनको प्रतीक मेची पुल सम्झायो भने मंगला शर्माको जीवनकथालेशिक्षा अधिकार, महिला सशक्तिकरण र नेतृत्वका प्रेरणादायी पक्षहरू उजागर गर्यो।
कार्यक्रममा शरणार्थी शिविरमा शिक्षाको सुरुवात गर्ने तथा भूटान साहित्य परिषद्का अध्यक्ष गङ्गा लामिटारे, अनुभवीशिक्षाविद् तथा राजनीतिक बन्दी विष्णु लुइँटेल, हजारौँ विद्यार्थीलाई नेपाली पढाएकी निशा लुइँटेल, BRAIN (Bhutan Research and Information Network) का कार्यकारी निर्देशक भागीरथ खतिवडा, पण्डित हेम धिताल, र लोपेन डीबीसारु लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रह्यो।
समारोहको विशेष आकर्षण ऐतिहासिक महत्त्व बोकेका पुस्तकहरू उपहारस्वरूप वितरण हुनु पनि थियो। देवी भक्तलामिटारेको दन्किदो भुटान, बलराम पौडेलको Bhutan: Behind the Curtain र डा. लक्ष्मीनारायण ढकालको वासदेखिपुनर्वास उपहार दिइएको हो। एक समय प्रतिबन्धित रहेको दन्किदो भुटान सन् २०२० मा जन्मिएका बालक प्रतिक खनालकोहातमा पुगेको क्षणलाई सहभागीहरूले गर्वको दृश्यका रूपमा अनुभव गरे।
क्रियामान फाउन्डेशनले संगालोलाई केवल प्रतियोगिता नभई समुदायको पहिचान, आत्मा र साझा यात्राको उत्सवका रूपमाव्याख्या गरेको छ। “यो पढाइ मात्र होइन, उपचारको प्रक्रिया हो। यो हाम्रो बालबालिकाको आवाज फैलाउने प्लेटफर्म हो,” अध्यक्षा भरत तिम्सिनाले जनाए।
यसपटक कथावाचनमा सहभागी बालबालिकाहरू:

आयुषा चापागाईं (मन मायाको संसार – भरत तिम्सिना), आयुष धिताल (पुलको छेउमा उभिएको आवाज – अर्जुन प्रधान), आयुषा खतिवडा (पाइलट बनेकी माया – गङ्गा लामिटारे), आभास तिम्सिना (मझेत्रोमा बेरिएको सपना – नविन भट्टराई), विप्लव खतिवडा (मंगला शर्माको जीवनी – भक्त घिमिरे), दिव्या घिमिरे (ममता – भरत तिम्सिना), दीप्सिका घिमिरे (जीवनसङ्घर्ष – केशव वैरागी मैलो), ईशान धिताल (जेठी छोरी – पातलो अन्तर्रे), कौस्तुभ रिजाल (ऐ न छो – छुन्छस् है – विष्णुलुइँटेल), महिमा अधिकारी (विदेशको बाध्यता – धर्मेन्द्र तिम्सिना), मल्लिका अधिकारी (घर सर्छ तर मन सर्दैन – त्रिविक्रमन्यौपाने), प्रतिक खनाल (बाघ जुंगे काका – भरत तिम्सिना), रेश्मा ओडारी (नमुस्काराएको खुशी– टिका अधिकारी), रोश्नाओडारी (मेरो बाबा – सृजना आचार्य), सबनम अधिकारी (सन्तान गुमाउनेको पीडा – दिपेश थपलिया), साइना खतिवडा(चन्द्रेको चन्द्रलोक चर्चा – गङ्गा लामिटारे), साजना गौतम (कागजमा म – टिका ढुंगाना), सौगात तिम्सिना (आमा–बुबाकोप्रार्थना – डोल्मा तामाङ), यालिनी निरौला (रविको सपना – टी. पी. मिश्र), युवानी निरौला (गोबरको रोटी – गङ्गा निरौला), अश्लेषा तिम्सिना (संगालो कथा – डी. पी. शर्मा मैनााली)।
समचार क्रियामान फाउन्डेशनको सहयोगमा तयरि गरिएको हो ।




