क्यानडाको एडमंटनपछि अब स्वीकारोक्ति विश्व यात्रा २०२४ कोलम्बस, ओहायोमा

0
66

अर्जुन प्रधान
क्यानडाको एडमंटनमा स्वीकारोक्ति विश्व यात्रा २०२४ कार्यक्रमको समापनसँगै, अब आगामी कार्यक्रम अमेरिकाको कोलम्बस, ओहायोमा हुने तयारी भइरहेको छ। सेप्टेम्बर २९, २०२४ (असोज १३ गते) का दिन स्वीकारोक्ति फाउन्डेसनविश्व भूटानी साहित्यिक संगठन (GBLO) को आयोजनामा यो कार्यक्रम सम्पन्न हुनेछ।

कोलम्बस संस्करणको कार्यक्रममा स्वीकारोक्ति दर्शनको महत्त्व, यसको सकारात्मक प्रभाव, र समाज रूपान्तरणका विविध विषयमा गम्भीर विमर्श गरिनेछ। साथै, विभिन्न साहित्यिक स्रष्टाहरूका सिर्जनाहरू वाचन गरिने योजना रहेको छ। यो कार्यक्रम स्वीकारोक्ति फाउन्डेसनको स्वीकारोक्ति विश्व यात्रा २०२४ को एउटा महत्वपूर्ण हिस्सा हो, जसले अमेरिका लगायत विभिन्न देशहरूमा समाजसेवा, साहित्य, र सांगीतिक अभियानलाई विस्तार गरिरहेको छ।

साँस्कृतिक, साहित्यिक, र दार्शनिक छलफलहरूद्वारा कोलम्बसमा हुन लागेको यो कार्यक्रमले सहभागीहरूलाई सकारात्मक सोच, एकता, र सामाजिक सुधारको सन्देश फैलाउने लक्ष्य राखेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here