गीतकार हरि उप्रेतीको नयाँ गीत “फिक्का” सार्वजनिक

0
333

अर्जुन प्रधान

साहित्यकार तथा गीतकार हरि उप्रेतीको नयाँ गीत “फिक्का” को म्युजिक भिडियो हालै सार्वजनिक भएको छ। यो गीत उप्रेतीकै अफिसियल यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा सङ्गीत विशाल निरौलाको रहेको छ भने गायिका अनु चौधरी र गायक भीम ढकालले आफ्नो सुमधुर आवाज दिएका छन्। म्युजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल करुणा श्रेष्ठको सशक्त अभिनयले गीतलाई थप जीवन्त बनाएको छ।

“फिक्का” गीतले एक प्रेमिल जोडीको भावनात्मक यात्रा प्रस्तुत गरेको छ, जहाँ उनीहरू बीचको प्रेम, चाहना र भावनालाई गीतकार उप्रेतीले निकै मार्मिक ढङ्गले व्यक्त गरेका छन्। सानो असमझदारीले ठूला दुर्घटनाहरू निम्त्याउन सक्छ भन्ने सन्देश पनि गीतमार्फत व्यक्त गरिएको छ। यस म्युजिक भिडियोलाई निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका छन् भने गीत नेपाल र अमेरिकामा रेकर्ड गरिएको हो।

हरि उप्रेती नेपाली गीतसंगीतको क्षेत्रमा एक चर्चित नाम हो। डेढ दशकभन्दा लामो समयदेखि प्रवासमा रहेर नेपाली भाषा र संगीतलाई संरक्षण र प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्। उप्रेतीले यसअघि चारवटा गीति एल्बम बजारमा ल्याइसकेका छन् भने डेढ दर्जन चलचित्रका लागि गीत लेखेका छन्। उनका दर्जनौँ गीतहरू विभिन्न यूट्यूब च्यानलमार्फत सार्वजनिक भएका छन्।

उप्रेतीले सातौं म्युजिक खबर म्युजिक अवार्ड, ग्लोबल नेपाली फिल्म म्युजिक अवार्ड, छायाछवी म्युजिक अवार्डलगायतका दर्जनौं अवार्ड प्राप्त गरिसकेका छन्। उनले २०७७ सालमा गीतकार संघ नेपालबाट डायस्पोरा गीतकारको सम्मान पाएका थिए भने सामाजिक सेवामा योगदान पुर्‍याए बापत २०१८ मा प्रभु नारायण चौधरी स्मृति प्रतिष्ठानबाट राष्ट्रिय सम्मान प्राप्त गरेका थिए।

उप्रेतीको गजल संग्रह “गुनासो” पनि पाठकमाझ लोकप्रिय रहेको छ। उनी आफ्ना सशक्त शब्दमार्फत जीवन दर्शन प्रस्तुत गर्न माहिर छन् र आगामी दिनमा पनि गीत र कवितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो भन्दा अगाडि ‘आजकल ‘ लुकी छिपी, यो मन , लोकदोरी गित बनैको चरी , भजन गित प्रभु वन्दना, कहा छन प्रभु , तीजै आयो , तिमी राधा हुनु मेरी, मुटु जलाई जलाई जस्ता दर्जनै गीति एल्बमका सर्जक गिती कृति र अन्य कार्यक्रममा लगानीकर्ता समेत गरि नेपाली गित संगितलाइ धेरै योगदान पुर्याइसकेका उप्रेतिले आगामी दिनमा फरक खालका गीत र कविता कर्मलाई निरन्तरता दिइरहेको निर्देशक प्रहिल कार्कीले बताउनु भयो ।

https://youtu.be/FfquPHYEq5g

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here