प्रताब सुब्बाको ‘बन्धनको चिनो’ एल्बमको Unplugged संस्करण सार्वजनिक

0
54

अर्जुन प्रधान/अमेरिका

नेपाली भाषी भूटानीका प्रथम गायक प्रताब सुब्बाको पहिलो एल्बम बन्धनको चिनोको अनप्लग्ड (Unplugged) भिडियो आज सार्वजनिक हुँदैछ। गीतका शब्द, संगीत र स्वर प्रताब सुब्बाले सन् १९८४ मा कलकत्तामा आफ्नो मित्र खम्बर सिङ गुरूङको घरमा अर्का मित्र जय ब. मतले कलम र कपिमा गीत लेख्न हौसला दिएपछि सो गीत सिर्जना भएको थियो । 

यो गीत १९८८ मा म्यूजिक नेपालमार्फत सार्वजनिक भई नेपालीहरूको मनमा गहिरो छाप छोड्न सफल भएको थियो।

बिशाल गुरुङको निर्देशन र केदार उप्रेतीको सह-निर्देशनमा निर्मित यो अनप्लग्ड (Unplugged) संस्करण ए बी क्रिएशनको यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिन्दैछ। भिडियोमा प्रयोग गरिएको साधारण धुन, आधुनिक संगीत संयोजन, र उत्कृष्ट वायलिन कलाकारहरूको संगतले गीतलाई नयाँ पुस्तामा लोकप्रिय बनाउने प्रयास गरिएको छ।  

तस्बिर- प्रताब सुब्बा

यो प्रोजेक्टमा फ्लेमिंगो ब्यान्डका संगीतकारहरू र विभिन्न कलाकारहरूको योगदान छ, जसमा वायलिन बजाउनेहरूमा मुस्कान बालम्पाकी, सेलेना गुरुङ, युमा चाम्लागाई लगायत छन्। गीतको रेकर्डिङ मनिस चाम्लिङ ( BEAT STUDIO) ले गरेका हुन् भने संगीत संयोजन संजीव बराइलीले गरेका छन्। 

यो एल्बमको अनप्लग्ड Unplugged संस्करणमा गायक प्रताब सुब्बाले सर्जकको रूपमा आफ्नो अनुभव सुनाउँदै भनेका छन्, “यो संस्करणले पुराना गीतहरूलाई नयाँ पुस्तासम्म पुर्‍याउन र संगीतमा नयाँ प्रयोग गर्न सहयोग पुर्‍याउँछ।” साथै, उनले पुराना समयको तुलनामा अहिले संगीत रेकर्डिङमा प्रविधि र संयोजनमा धेरै सहजता आएको पनि बताए। गायक प्रताब सुब्बाले सबै सहयोगी मित्रहरुलाइ अनेक धन्यबाद दिनु भएको छ । र यस संरकरणलाइ हेरेर , सुनेर माया गरिदिन आग्रह गरेका छन् । 

निर्देशक बिशाल गुरुङका अनुसार गायक प्रताब सुब्बाका अन्य गीतहरूको पनि अनप्लग्ड (Unplugged) संस्करण तयार भइरहेको छ, जसलाई निकट भविष्यमा सार्वजनिक गरिनेछ। 

प्रताब सुब्बाको बन्धनको चिनो Unplugged भिडियोका लागि निम्न कलाकार र प्राविधिकहरूले योगदान दिएका छन्:

♬ 🎙️ गीत:बन्धनको चिनो
♬ गीत र संगीत:प्रताब सुब्बा
🎙️ स्वर रेकर्डिस्ट:मनिस चाम्लिङ
🎙️ संगीत संयोजन:संजीव बराइली
🎬 निर्देशन: बिशाल गुरुङ
🎬 सह-निर्देशक:केदार उप्रेती
💄 मेकअप:पुनम प्रधान
🎬 डिओपी/सम्पादन/रङ सम्पादन:सुरेन्द्रमान सिंह

वादकहरू (फ्लेमिंगो ब्यान्ड):रत्न गुरुङ, जैक लोजा गुरुङ, साइमन क्षेत्री, सुसान्त राई, लोकेश गुरुङ, दीपक गुरुङ, गृष (टामु) गुरुङ, विमन रेम्जाक, धनपती शिवाकोटी

🎻 वायलिन कलाकारहरू:मुस्कान बालम्पाकी, सेलेना गुरुङ, युमा चाम्लागाई, गृष्मा खातीवडा, लकिसा तामाङ , प्रिशा गुरुङ, जेनी गुरुङ, दक्षिणा सुनुवार

ध्वनि: धन राइ 

Media – #pigeonfeatherstudio

Lakshmi Narayan Adhikari

Media :- Globalpostinfo.us/Arjun Pradhan 

प्रताब सुब्बाको ऐतिहासिक गीत बन्धनको चिनोको अनप्लग्ड (Unplugged) संस्करणको छायांकन आफ्नो स्थानमा गर्न पाएकोमा एभरेष्ट स्पाइस मस्क बारका प्रबन्धक निर्देशक सुमन योंज़ोनले गर्वका साथ बताउनुभएको छ। त्यसै अर्का शन्ग्री ला हिबची सुशी इन्डियन-नेपालीका प्रबन्धक निर्देशक लिला कुईकेल ले यस ऐतिहासिक प्रोजेक्टसँग जोडिन पाउँदा आफूहरूलाई विशेष अवसर प्राप्त भएको अनुभव व्यक्त गर्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here