अमेरिकास्थित नेपाली दूतावासको आवासीय भवनमा”मोतीराम स्मृति कवि गोष्ठी”सम्पन्न

0
21

अर्जुन प्रधान, वाशिंटन डिसी

अमेरिकास्थित नेपाली दूतावासको आवासीय भवनमा मोतीराम भट्टको सम्झनामा “मोतीराम स्मृति कवि गोष्ठी” सम्पन्न भएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै कुमाराज खरेलले नेपाली भाषा साहित्यको संरक्षण र प्रवर्धन दूतावासको जिम्मेवारी भए पनि यसतर्फ पर्याप्त ध्यान नपुगेको महसुस गराउँदै भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा विभिन्न विधाका कवि र कवयित्रीहरूले कविता, गजल, मुक्तक लगायतका साहित्यिक रचनाहरू वाचन गरे।  कविहरूले नेपाली भाषा र साहित्यको प्रवर्धनमा आफ्नो योगदान प्रस्तुत गरेका थिए ।

तस्बिरः-enepalese.com

कविहरू वसन्त श्रेष्ठ, जगन्नाथ पौडेल, तारा पराजुली, अशोकनाथ तिवारी, मधुकर अधिकारी, होमनाथ सुवेदी, ,मनोज खड्का, शरद् निरौला, पुष्पा खनाल, प्रेम सङ्ग्रौला, नीलकण्ठ सुवेदी, हरिराज भट्टराई, लोकनाथ तिवारी, तीर्थ पाण्डे, नारायण अधिकारी, वासु श्रेष्ठ, सीता पाण्डे, मञ्जु निरौला, प्रकाश नेपाल, सुदीपभद्र खनाल, प्रवीण खड्का, डी.बी. तामाङ, परशुराम तिमिल्सिना, काशिनाथ न्यौपाने, सन्तोष खरेल, गण्डकीपुत्र तथा गोविन्द गिरी प्रेरणा लगायतका २७ भन्दा बढी स्रष्टाहरूले आफ्नो काव्यिक प्रस्तुतिबाट कार्यक्रममा सहभागीहरूलाई मन्त्रमुग्ध पारे।

सो अवसरमा साहित्यकार गण्डकीपुत्रले ” सबै नेपाली भाषीलाइ समेटेर एक नेपाली भाषाको पुस्तक निकाल्नुपर्ने र यसकार्यमा नेपाल सरकारले सहयोग गरि सबै नेपालीलाइ एकताको सुत्र रहिरहनु पर्नेमा जोड दिनु भएको थियो ।”

त्यसैक्रममा दिवंगत राजदूत जयप्रताप राणा तथा डा. शंकरप्रसाद शर्माको कार्यकालमा दूतावासले गरेको कवि गोष्ठीको समेत सम्झना गरिएको थियो ।कार्यक्रममा कवि वसन्त श्रेष्ठले डिसी क्षेत्रको कविता गोष्ठी परम्पराको वारेमा संक्षिप्त मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको समापनमा दूतावासका इकोनोमिक काउन्सिलर युगराज पाण्डेले धन्यवाद ज्ञापन गरेका थिए भने कविहरूलाई कार्यवाहक राजदूत कुमारराज खरेलले सम्मानपत्र प्रदान गरे। कार्यवाहक राजदूत कुमारराज खरेलले कविता वाचन गर्ने कविहरूलाई सम्मानपत्र प्रदान गर्नु भएको थियो ।

कवि गोविन्द गिरी प्रेरणाले कवि गोष्ठी सञ्चालनको क्रममा युवक कवि मोतीराम भट्टको व्यक्तित्वका विविध पाटाहरू प्रस्तुत गर्दै उनका विभिन्न गजलहरूसमेत बीच बीचमा वाचन गर्नुभएको थियो भने भट्टको व्यक्तित्व र काव्यिक योगदानका विविध पाटाहरू समेत उजागर गर्नुभयो ।

पुरा भिडियो हेर्न यस लिङमा थिच्नु होला

https://youtu.be/hvXi3njkNFU

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here