एडमन्टन, क्यानाडामा स्वीकारोक्ति विश्व यात्रा २०२४: सांगीतिक, साहित्यिक र मानवीय एकता अभियानः- प्रतिपादक डेन्जम साम्पाङ

0
221

अर्जुन प्रधान

सेप्टेम्बर १४-१५, २०२४,

एडमन्टन इभेन्ट सपोट टिम क्यानडा(Edmonton Event Support Team)” स्वीकारोक्ति फाउण्डेशनद्वारा आयोजित “स्वीकारोक्ति विश्व यात्रा २०२४” कार्यक्रम समापन भएको छ। यस कार्यक्रमको प्रमुख उद्देश्य भोकमरी निर्मूल गर्नु र मानवीय एकताको सन्देश फैलाउनु थियो। कार्यक्रमले “एकताको लहरले विश्व जीत्न सकिन्छ” भन्ने सन्देशलाई सबैको मनमा गहिराइसम्म पुर्‍याउन सफल भएको थियो। 

रोहित खरेलले ल्येण्ड एक्नलिजमेन् व्यक्त गरेपछि, नारद खरेल “निडर”ले स्वागत मन्तव्य दिँदै अतिथिहरूलाई खादा लगाएर सम्मान गर्नुभयो, उहाँले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै सहभागीलाई स्वागत गर्नुभयो। त्यसपछि बिश्व भूटानी साहित्य मञ्चका महासचिब पातलो अन्तरले सबैलाई स्वागत गर्दै कार्यक्रमको सञ्चालन सम्हालेका थिए । 

कृषा खरेलले कलात्मक प्रस्तुति दिनुभयो भने रविन साम्पाङले बान्तावा कविता प्रस्तुत गरे, जसको नेपाली अनुवाद पनि गरियो। त्यस्तै, आभाष रिखामले युवामा शिक्षा र स्वीकारोक्तिको भूमिकाबारे मन्तव्य दिनुभयो। 

गायक किरण गजमेरले “देखेर तिमीलाई” “छोडी हिँडेउ” गीत प्रस्तुत गरेपछि, भद्रवाज सर्गमले संस्कृति र पहिचानबारे छोटो सम्बोधन गर्नुभयो। रमेश देशारले “नयाँ मुना-मदन” नाटक प्रस्तुत गरे, जसलाई गीतसहित सम्पन्न गरियो। कमल कार्की र सुबास प्याकुरेलले “सिरानमा फोटो छ” बोलको गीत प्रस्तुत गर्दा दर्शकहरू मन्त्रमुग्ध बने। 

कार्यक्रमको प्रमुख आकर्षणमा स्वीकारोक्तिको भूमिका र दर्शनबारे गम्भीर विमर्श गरियो। सुसन माझीले “स्वीकारोक्तिको भूमिका परिवार र समाजमा “रहेको विषयमा प्रस्तुति गर्नुभयो भने, सन्तोष राईले “हङकङ पोखरा” गीत प्रस्तुत गर्दा कर्ण गुरुङ र समूहले विशेष नृत्य प्रस्तुत गरे। 

कार्यक्रमको मध्यभागमा सस्थापक अध्यक्ष तथा स्वीकारोक्ति फाउन्डेशनका प्रतिपादक डेन्जम साम्पाङले स्वीकारोक्ति दर्शन र यसको महत्त्वबारे गहिरो विमर्श गर्नुभयो। 

कमल कार्कीले “जुम्सुमे बजारमा” गीत प्रस्तुत गरे भने, लक्की रासीले विशेष कविता प्रस्तुत गरेर दर्शकहरूलाई भावनात्मक रूपले छुन सफल हुनुभयो। त्यसपछि लेखक राज बरालले “स्वीकारोक्तिः द्वन्द्व निरुपणको सास्वत सिद्धान्त र अन्तिम सत्य” विषयमा चर्चा गर्नुभयो। 

अन्तिममा, समाजसेवि तथा साहित्यकार ओम गोर्खाली अधिकारीले “वर्तमान सन्दर्भमा साहित्यको भूमिका”बारे विचार व्यक्त गर्नुभयो। स्वीकारोक्ति फाउन्डेशन अन्तर्राष्ट्रिय सम्पर्क, समन्वय प्रमुख कर्ण गुरुङले यस विश्व यात्रा सकारात्मक भावसहित खुशी, शान्ति र सद्भाव फैलाउने विशेष उद्देश्यका साथ आयोजना गरिएको बताउनुभयो । गुरुङले स्वीकारोक्ति दर्शन र सकारात्मक सोचको महत्त्वबारे सम्बोधन गर्नुभयो। त्यसपछि कबि नारद खरेलले हल्का मनोरञ्जनात्मक प्रस्तुति “कति खानु यो बुडिको गाली” गीत प्रस्तुत गर्नुभयो, जसमा रमेश र सुबासले साथ दिएका थिए। खरेलले कविता “कालो जुम्रो” पनि बाचन गर्का थिए । सुबास प्याकुरेलले “साथी” र्‍याप गीत प्रस्तुत गरेर दर्शकहरूलाई रमाइलो माहोलमा ल्याउनुभयो। 

समापनतर्फ, किरण गजमेरले विशेष सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रमको समापन गर्दै पातलो अन्तरले सबैलाई धन्यवाद व्यक्त गर्नुभयो भने अन्तिम धन्यवाद ज्ञापन कर्ण गुरुङले गर्दै  दुई दिने कार्यक्रमले भोकमरी निर्मूलको लक्ष्यसहित मानवता, करुणा, र सकारात्मक सोचको सन्देशलाई सशक्त रूपमा सम्प्रेषण गरेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here