त्रिवेणी साहित्य मञ्चले ह्यारिस्बर्गमा बालप्रतिभा सम्मान समारोह सम्पन्न गर्यो ।

0
50

अर्जुन प्रधान, ह्यारिस्बर्ग ।

 त्रिवेणी साहित्य मञ्चको आयोजनामा ह्यारिस्बर्गमा बालप्रतिभा सम्मान समारोह सम्पन्न भएको छ । विभिन्न साहित्यिक र सांस्कृतिक प्रस्तुतिहरूका साथ सम्पन्न कार्यक्रममा स्थानीय बालप्रतिभालाई सम्मान गर्दै कला, भाषा, साहित्य र संस्कृतिप्रति उनको लगावको कदर गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता त्रिवेणी साहित्य मञ्चका अध्यक्ष बैरागी माइलाले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा माधव शर्मा उपस्थित हुनुहुन्थ्यो । विशेष अतिथिहरूमा साहित्य परिषद् भूटानका अध्यक्ष गङ्गा लामिटारे, युवा कवि धर्मेन्द्र तिम्सिना, साहित्यकार लीला निशा, द्रौपदी प्रधान र स्थानीय सरकारी कर्मचारी टोम कोली रहनुभएको थियो ।

कार्यक्रमको संयोजन मञ्चका उपध्यक्ष प्रेम घिमिरेले गर्नुभएको थियो भने मञ्चकै कोषाध्यक्ष महेन्द्र अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

बालप्रतिभा सम्मान कार्यक्रमको सञ्चालन नारद आचार्य “ सुदामा ”ले गर्नुभएकाे थियो । कार्यक्रममा स्थानीय सर्जकले कविता वाचन, गायन र नृत्यका माध्यमबाट आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।

त्रिवेणी साहित्य मञ्च ह्यारिस्बर्गले प्रतिभाशाली तेक्वान्दो खेलाडी सुवर्ण शर्मालाई प्रशंसापत्रका साथमा सम्मान गर्दै शर्माको प्रतिभालाई प्रोत्साहन गरिएको थियो ।

मञ्चका उपाध्यक्ष प्रेम घिमिरेले तेक्वान्दो र यसका फाइदा बारेमा अङ्ग्रेजीमा मन्तव्य राख्दै सुवर्ण शर्मालाई हौसला प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यकारहरूले नेपाली, संस्कृति, अंग्रेजी, र अन्य भाषामा रचना वाचन गरेर साहित्यप्रति आफ्नो योगदान प्रस्तुत गर्नुभएको थियो । सहभागी रचनाकारहरूमा धर्मेन्द्र तिम्सिना “क्षितिज”, दिपेश चापागाईं, देवी दागाने ,परमा अधिकारीलगायत कवि रहनुभएको थियो ।

सांगीतिक प्रस्तुतीमा गायिका अमृता शर्मा, कुन्ति गुरुङ, बालकृष्ण न्यौपानेलगायतले नेपाली गीतहरू प्रस्तुत गरेर दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो । साथै, स्थानीय कलाकारहरूको नृत्य प्रस्तुति पनि कार्यक्रमको आकर्षणको केन्द्रबिन्दु रह्यो ।

समारोहको समापनमा प्रमुख अतिथि माधव शर्माले बालप्रतिभाहरूलाई सम्मान गर्दै यस्ता कार्यक्रमहरूले आगामी पुस्तामा साहित्यिक र सांस्कृतिक चेतना जागृत गर्ने बताउनुभयो । भाषा ,कला साहित्य र संस्कृतिको संरक्षण गर्नु पर्ने कुरा जोड दिनुभएको थियो ।

त्रिवेणी साहित्य मञ्चको तर्फबाट बालप्रतिभालाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउँदै अध्यक्ष बैरागी माइलाले सबै सहभागी, अतिथि, कार्यक्रम प्रायोजकलाई, मञ्चका कार्यकर्तालाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभयो।

त्रिवेणी साहित्य मञ्च सन् २०१७ मा स्थापन भएको साहित्यक संस्था हाे । यसले  २०२३ मा 501C प्राप्त गरी नेपाली कला, भाषा, साहित्य, र संस्कृतिको प्रवर्द्धनमा क्रियाशील रहँदै विविध साहित्यिक कार्यक्रमहरूको आयोजना गर्दै आएको छ। यस मञ्चले बहुभाषिक र बहुसांस्कृतिक समुदायलाई एकैथलोमा ल्याएर कला, भाषा, संस्कृति र साहित्यिक चेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here