ग्लोबल भूटानीज अर्गनाइजेशन (जीबीओ) को चौथो वार्षिक सम्मेलन सम्पन्न

0
252

अमेरिका, अर्जुन प्रधान – ग्लोबल भूटानीज अर्गनाइजेशन (जीबीओ) को चौथो वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनमा विश्वभरका जीबीओका प्रतिनिधिहरू, प्रमुख अतिथिहरू, र विशिष्ट पाहुनाहरूको सहभागिता रहेको थियो। सम्मेलनको उद्देश्य भूटानी शरणार्थीहरूलाई शिक्षा, स्वास्थ्य, र सामाजिक सेवामा थप सहयोग पुर्‍याउनुका साथै भविष्यका लागि विभिन्न योजनाहरूको चर्चा गर्नु थियो।

कार्यक्रमको शुरुआत पाहुनाहरूलाई स्वागत, दीप प्रज्वलन, अमेरिकी राष्ट्रिय गान, र जीबीओको मिशन गीत गायनबाट भयो। स्वागत मन्तव्य सुदर्शन प्याकुरेलले राख्नुभएको थियो। जीबीओका अध्यक्ष तथा सीईओ डीबी राईको सभापतित्वमा जीबीओको परियोजनाहरूको प्रस्तुति, वार्षिक प्रतिवेदन २०२५-२०२६, र आगामी परियोजनाहरूको बारेमा जानकारी गराउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, र आत्मनिर्भरता कार्यक्रमहरूमा जीबीओले खेलेको भूमिकालाई उजागर गर्दै आगामी वर्षहरूमा कक्षा ५ सम्मको शिक्षा विस्तार गर्ने योजना पनि प्रस्तुत गर्नुभयो।

सम्मेलनमा जीबीओका विभिन्न देश, राज्य, शहर र शिविरका अद्यावधिक विवरणहरू प्रस्तुत गरियो। नेब्रास्काबाट भिम गुरुङ, स्क्रान्टन पिएबाट चन्द्र सितौला, कोलोराडोबाट देव ढुंगेल, मिसोरीबाट प्रजा धिताल, र जर्जियाबाट दिपक गिरीले आफ्नो रिपोर्टहरू प्रस्तुत गरे।

कार्यक्रममा भूटानी कलाकारहरू किरण गजमेर, अनूह्या तामाङ, अर्जुन रसाइली, मोनरथ तिवारी, तारा तिवारी, किशोर सिवाकोटी, एस्टर गजमेर, सृर्जना क्षेत्री र अन्य कलाकारहरूको विशेष सांस्कृतिक प्रस्तुति आकर्षक रहेको थियो। गुरुङ समुदाय, केन्द्रीय ओहायोको गुरुङ नृत्य समूह, र किरात कमिनिटी अफ सेन्टरल ओहायोले पनि सांस्कृतिक प्रस्तुति दिएका थिए। किरात सांस्कृतिक समाज (पिट्सबर्ग) बाट अनुपा राई र अम्बिका राईद्वारा उद्घाटन सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो भने कार्यक्रमको सञ्चालन जीबीओका प्रवक्ता मित्र सुबेदीले गर्नुभएको थियो।

विशेष अतिथि सेनेटर माइकल रेनल्ड्स, प्रतिनिधि ब्रायन लोरेन, सिटी काउन्सिल भुवन प्याकुरेल, डा. कुमार गुरूङ, मेग अधिकारी, खेम रिजाल, शिब दाहाल, सन थुलुङ र कमल धिमालको उपस्थिति रहेको थियो। त्यसमध्ये काशि अधिकारिले आफ्नो विशेष टिप्पणी राख्नुभयो।

कारितास नेपालका कोशी प्रदेशका प्रादेशिक प्रबन्धक देवेंद्र पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो। उहाँले भूटानी शरणार्थी शिक्षण कार्यक्रमसम्बन्धी विशेष प्रस्तुति दिनुभयो। उहाँले २००८ देखि निरन्तर भूटानी शरणार्थी शिक्षण कार्यमा योगदान पुर्‍याएको र जीबीओको प्रयोजनमा सहयोग पुर्‍याएको भन्दै जीबीओले उहाँलाई सम्मान गरेको छ। कारितास नेपालको तर्फबाट कार्यकारी निर्देशक वरिष्ठ सिसिल्या दुर्गा श्रेष्ठ र ओहायो राज्य सिनेटर माइकल रेनल्ड्सले जीबीओको कार्यप्रति धन्यवाद व्यक्त गर्दै सम्मानपत्र पठाउनुभएको थियो।

अन्त्यमा, जीबीओका अध्यक्ष डीबी राईले सबै दाजु-भाइ तथा दिदी-बहिनीहरूमा शिविरवासीको तर्फबाट निरन्तर सहयोगको अपिल गर्नुभयो। साथै, सबै आयोजक तथा प्रायोजकहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। डीजे समूहको प्रस्तुति र सांस्कृतिक नृत्यका साथ कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।

“जीबीओको यो सम्मेलनले भूटानी शरणार्थी समुदायको शिक्षा, स्वास्थ्य, र आर्थिक सशक्तिकरणमा थप योगदान पुर्‍याउने योजनामा ठोस कदम चालेको छ। यस सम्मेलनले भूटानी शरणार्थीहरूको उत्थान र उनीहरूको भविष्यका लागि महत्वपूर्ण सन्देश प्रवाह गरेको छ,” प्रवक्ता मित्र सुबेदीले आफ्नो सञ्चालनमा बताउनुभयो।

कार्यक्रममा जीबीओका उत्कृष्ट सामुदायिक सेवा पुरस्कार र परियोजना प्रायोजन र सेवाको लागि पुरस्कार २०२४ को प्रस्तुति गरियो।

जीबीओ परियोजना प्लेटिनियम प्रायोजन पुरस्कार प्राप्त गर्नेहरूमा पूर्ण राई (रन्जु राई), मेग अधिकारी, लाइफलाइन फार्मेसी, धर्मेन्द्र तिम्सिना, र मेग सुबेदी रहेका छन्। जीबीओ परियोजना प्रायोजन पुरस्कार प्राप्त गर्नेहरूमा लीला कुइकेल, टीका अधिकारी, डा. नरद पोखरेल, र प्रेम गुरुङ रहेका छन्। जीबीओ उत्कृष्ट सामुदायिक सेवा पुरस्कार प्राप्त गर्नेहरूमा मीरा राई, तारा दाहाल, दिलिप दाहाल, र डा. नरेश लाओती सुब्बा रहेका छन्।

जीबीओ परियोजना प्लेटिनियम प्रायोजन पुरस्कार सम्मानित व्यक्तिहरू:

1. पूर्ण राई (रन्जु राई), CEO, Raising Brothers LLC, अटलान्टा, जर्जिया

2. मेग अधिकारी, CEO, Medina Home Healthcare LLC

3. लाइफलाइन फार्मेसी, रेनोल्ड्सबर्ग, ओहायो

4. धर्मेन्द्र तिम्सिना,  जीबीओ क्षेत्रीय निर्देश  , एटना, ओहायो

5. मेग सुबेदी, CEO, Sejal & Sister LLC, पिट्सबर्ग

जीबीओ परियोजना प्रायोजन पुरस्कार प्राप्त गर्नेहरू:

1. लीला कुइकेल, CEO, Healthy Home Healthcare LLC, सिन्सिनाटी, ओहायो

2. टीका अधिकारी, CPA Director, Freedom Adult Day Care, लुइसविल, केन्टकी

3. डा. नरद पोखरेल, CEO & President, Neoly Home Care LLC, पिट्सबर्ग, पेन्सिलभेनिया

4. प्रेम गुरुङ, CEO, Homeland Home Healthcare LLC

जीबीओ उत्कृष्ट सामुदायिक सेवा पुरस्कार प्राप्त गर्नेहरू:

1. मीरा राई, सचिव, KCOA

2. तारा दाहाल, अध्यक्ष, नेपाली भाषा तथा कला केन्द्र (NLAC)

3. दिलिप दाहाल, अटलान्टा, जर्जिया

4. डा. नरेश लाओती सुब्बा, एक्रोन, ओहायो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here