अर्जुन प्रधान

नेपाली गजल ‘हजुर आउनु पँधेरीमा पानी भर्न आउँछु’ को सिर्जना चोरीसँग सम्बन्धित विवादले पछिल्लो समय गम्भीर रूप लिएको छ। गजलकार शिशिर भट्टराईद्वारा रचित यो गजललाई संगीतकार मुरारी गुरगाईंले संगीतबद्ध गरेका थिए, जसलाई गायिका अञ्जु पन्तले स्वर दिएकी थिइन्। यो गजल पहिलो पटक सन् २०१९ मा मुरारी गुरगाईंको आधिकारिक युट्युब च्यानल ‘Saru Murari Guragain Official’ मार्फत “पानी भर्ने” शीर्षकमा अपलोड गरिएको थियो। 

Saru Murari Guragain Official

तर, केही समयअघि यो गजललाई पुनः अञ्जु पन्तको आधिकारिक युट्युब च्यानलबाट अपलोड गरिएको छ। यसै क्रममा, यस गजललाई अर्को युट्युब च्यानल ‘नेपाल मिडिया’ बाट निशान भट्टराईको स्वरमा पुनः रेकर्ड गरेर नयाँ संगीतमा सार्वजनिक गरिएको पाइएको थियो । त्यस पछि सिर्जनाको मौलिकतामा प्रश्न उठाउँदै सर्जकलाइ गम्भीर ध्यानाकर्षण गराएको जनकारी छ ।

सर्जकहरूले गजलको हुबहु नक्कल गरिएको भन्दै, सम्बन्धित पक्षसँग कानूनी कारबाहीको माग गर्दै संयुक्त विज्ञप्ति मार्फत आवाज उठाएका थिएं । पहिलो विज्ञप्तिमा उनीहरूले भनेका थिए, “जानाजान अरूको सिर्जनालाई चोरी गर्नु एक अपराध मात्र होइन, स्रष्टामाथिको अन्याय पनि हो। तसर्थ, नेपालको प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार सत्य तथ्य पत्ता लगाई सिर्जनात्मक सम्पत्तिको चोरी गर्नेहरू माथि हदैसम्मको सजाय होस् भन्ने माग गर्दछौं।”

विवादले गम्भीर रूप लिएपछि, रचनाकार अन्जान भुटानीले आफ्नो गल्ती स्वीकार्दै माफी मागेका थिए । उनले लेखित माफी पत्रमार्फत यो स्वीकार गरेका छन् कि उक्त गजलको सृजना गर्दा हुबहु नक्कल गरिएको थियो र यसले सर्जकहरूमा उत्पन्न असुविधाका लागि क्षमायाचना गरेको छु भनेका थिए ।

तर, ‘नेपाल मिडिया’ युट्युब च्यानलले गजल हटाउन अस्वीकार गरेपछि, सर्जकहरूले पुनः संयुक्त विज्ञप्ति जारी गर्नुपरेको हो।

गायिका अञ्जु पन्त, संगीतकार मुरारी गुरागाईं, र गजलकार शिशिर भट्टराईले यो प्रकरणको सन्दर्भमा संयुक्त विज्ञप्ति निकाल्दै दर्शक र श्रोताहरूलाई जानकारी दिएका छन्। उनीहरूले भनेका छन्, “यसरी पुनः अर्को च्यानलमा राखिएपछि गजल चोरी भएको भन्ने कमेन्ट आउन थालेपछि चोरीबारे पत्ता लगाइ निरन्तर बहस र छलफल गर्दा अन्जान भुटानीले माफी मागे त पनि नेपाल मिडिया च्यानल हामी सबैको असहमतिमा उक्त गित अपलोड जारि राखेकाले, यसले अझै ठूलो विवाद निम्त्येको हो ।”

वर्तमान अवस्थामा, सर्जकहरूले नेपाल मिडिया च्यानलबाट उक्त गजललाई हटाउनका लागि कानूनी कारबाहीको माग गर्दै मुद्दा दायर गरेका छन्। उनीहरूले भविष्यमा यस्ता विवादबाट बच्न सावधानी अपनाउन सर्जक, कलाकार, संगीतकार, तथा दर्शकहरूलाई आग्रह गरेका छन्। 

यस प्रकरणले नेपाली संगीत क्षेत्रलाई झकझक्याएको छ र सिर्जनात्मक सम्पत्ति संरक्षणको महत्त्वलाई पुनः एक पटक उजागर गरेको छ।

नोट -“ प्रेश बिज्ञाप्ति पछि नेपाल मिडियाका सञ्चालकले आफुले युटुब च्यामल मार्फत गित हटाएको जानकारि दिएका थिए तर उक्त जानकारी संगीतकार मुरारी गुरगाइको कमेन्ट बक्सबाट निकालिसकेको देखिन्छ भने च्यानलबाट गित हटाएको पनि देखिन्छ ।” ग्लोबलपोस्ट

गित यस्तो छ https://youtu.be/LoyYnStZc14?si=YFP00MGBFlz6NJNH

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here