जनै पूर्णिमाको अवसरमा पर्वत सेवा समाज बहराइनद्वारा अनाथ बालबालिका तथा होमलेसहरुलाई भोजन सेवा

0
71

पर्वत सेवा समाज बहराइनले भाद्र ३ गते जनै पूर्णिमाको पावन दिनमा काठमाडौंका विभिन्न सडकपेटी, पुलमुनी र ढलको पाइपभित्र भोक भोकै रात बस्न बाध्य हुनुभएका वृद्ध, अशक्त, शारीरिक तथा मानिसक अपाङ्गता भएका सयौं व्यक्ति तथा बालबालिकाहरुलाई भोजन सेवा गराएको छ ।

पर्वत सेवा समाज बहराइनले मुस्लिम धर्मलम्बीहरुको दोस्रो ठूलो चाड “ईद अल अधा” (बकर ईद) २०२४ को शुभ अवसर पारेर अनाथ बालबालिकाको सहयोगार्थ प्रथम पर्वत कप खुल्ला भलिबल प्रतियोगिता आयोजना भएको थियो । उक्त आयोजनामा दश वटा टिमले हसभागिता जनाएका थिए । उक्त खेलमा नेपाल राजदुतावास बहराइनको प्रमुख आतिथ्य थियो भने अन्य विभिन्न संघसंस्थाका पदाधीकारीहरुको पनि विषेश आतिथ्य रहेको थियो । उक्त खेल सगैया स्पोर्टस क्लबको हल सलमानियामा सुसम्पन्न भएको थियो ।

खेलमा देहायमा उल्लेखित टिमहरुको सहभागिता थियोः
⚽️ पर्वत सेवा समाज बहराइन “सेतो” आयोजक
⚽️ पर्वत सेवा समाज बहराइन “निलो” आयोजक
⚽️ मोना बहराइन
⚽️ स्याङजा सहयोग समाज बहराइन
⚽️ बाग्लुङ सेवा समाज बहराइन
⚽️ किराँत राई यायोख्या बहराइन
⚽️ नवलपुर
⚽️ मेडको कम्पनी
⚽️ गुल्मी समाज समिति बहराइन
⚽️ एम्.ओ.आई.

पर्वत सेवा समाज बहराइनद्वारा आयोजित उक्त भलिबल प्रतियोगितामा
🥇 गुल्मी समाज समिति बहराइन प्रथम
🥈 एम्.ओ.आई द्वितीय
🥉 पर्वत सेवा समाज बहराइन “निलो” तृतीय भएका थिए । भलिबल खेल प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्ने टीमलाई अन्तरास्ट्रिय पर्बत समाजले पुरस्कार प्रदान गरेको थियो भने द्वितीय स्थान हाँसिल हुने एम्.ओ.आई लाई धरान नेपाली रेष्टुरेन्टले पुरस्कार प्रदान गरेको थियो, तृतीय स्थान हाँसिल गर्ने आयोजक पर्वत सेवा समाज बहराइन निलोलाई नेपाली घर रेष्टुरेन्टका प्रोपाइटर वीर बहादुर विश्वकर्माले पुरस्कार प्रदान गर्नुभएको थियो उक्त पुरस्कार प्रदान गर्नुभएको थियो भने प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विजेता टिमहरुलाई ट्रफी र मेडलको लागि सम्पूर्ण व्यवस्था म्याग्दी उद्वार समिती (मोना बहराइनले) प्रदान गरेको थियो ।

भलिबल प्रतियागितामा नेपाली क्लब, जिफन्ट बहराइन, साथै चितवन सेवा समाज, बाग्लुङ्ग सेवा समाज, मगर समाज, तमु समाज, मिथिला समाज, नेपाल वेल्फार सोसाइटी, स्याङ्गजा समाज, तमु समाज बहराइन, एकता समाज बहराइन, कास्की आदर्श समाज बहराइन, किराँत राई यायोख्या बहराइन, तामाङ्ग घेदुङ्ग, पानस, जनजाती, साथै ब्लुमन नेपाली रेस्टुरेन्ट, दार्जीलिंग नेपाली रेस्टुरेन्ट, भेटघाट नेपाली रेस्टुरेन्ट, सितल नेपाली रेस्टुरेन्ट, मुस्कान नेपाली रेस्टुरेन्ट, पर्वत जोयलरी, सागरमाथा जोयलरी लयागत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थिती रहेको थियो । उद्घाट्न समारोह देखि समापन समारोहसम्म अहोरात्र खटेर प्रथम पर्वत भलीबल कपलाई सब्य र भब्य रूपमा सफल बनाउन लागि पर्ने मोना बहराइन का माहासचीव लक्ष्मण विश्वकर्मा र बाग्लुङ्ग सेवा समाजका युवा संयोजक अभिषेक श्रीपालीले महत्वपूर्ण योगदान गरेका थिए ।

विश्भर छरिएर रहनुभएका व्यक्तिहरुको छाता संगठन अन्तर्राष्ट्रिय पर्वत समाज मध्य पूर्वको संयोजक तथा पर्वत सेवा समाज बहराइनका सल्लाहकार राम शर्माले कार्यक्रमा उपस्थिती जनाई उहाँले आफ्नो मन्तव्य राख्दै नेपाल मात्र नभएर विश्वभर हरनुभएका नेपालीहरुको दुःख पीडामा अन्तर्राष्ट्रिय पर्वत समाज र पर्वत सेवा समाज बहराइनले सँधै मलम पट्टी बन्ने कुरामा सँधै अग्रस्थानमा रहने जनाउनुहुँदै अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष गुणराज शर्माले सम्प्रेषण गर्नुभएको अमूल्य सन्देसलाई सबिस्तार सम्बोधन गर्दै उहाँले उक्त भलिबल प्रतियोगिताको शुभारम्भदेखी समापनसम्म प्रत्यक्ष्य तथा परोक्ष रुपमा साथ, सहयोग, हौसला र शुभ आशिर्वाद प्रदान गर्नुहुने सबै सबैमा हार्दिक आभार प्रकट गर्नुभएको थियो । संस्थाले भावी दिनहरुमा पनि आपसी भाइचारा र दिगो विकासका लागि आफूले सकेको सहयोग गर्ने कुरामा सँधै एक कदम अगाडी रहने जनाउनुभएको थियो । प्रथम पर्वत कप खुल्ला भलिबल प्रतियोगितालाई भव्य र सभ्य रुपमा सुसम्पन्न गर्नुमा पर्वत सेवा समाजमा आवद्ध रहनुभएका समस्त पदाधिकारीहरुको मूख्य भूमिका रहेको थियो । अतः विदेशी भूमिमा रहेर पनि पवित्र उद्देश्यनुरुप यति ठूलो कार्यलाई सुसम्पन्न गर्नु आर्फैँमा एउटा चुनौतिपूर्ण कार्य थियो । आगामी दिनहरुमा पनि यस्तो पवित्र कार्य विश्वका विभिन्न देशहरुमा हुनुपर्दछ । यस्तो आयोजनाहरुले विश्वभर छरिएर रहनुभएका नेपाली नेपालीबिच एक आपसमा परिचय हुनुको साथै व्यपार, व्यवसाय, रोजगारी लगायत कुनै पनि समस्या पर्दा आपसी साथ, सहयोग हुने भन्दै आफ्नो मन्तव्यलाई पस्कनुभएको थियो ।

अन्तमा पर्वत सेवा समाजका अध्यक्ष कृष्ण सुनार भन्नुहुन्छः प्रथम पर्वत कप खुल्ला भलिबल प्रतियोगितालाई भव्य र सभ्य रुपमा विभिन्न तह र तप्काबाट साथ सहयोग र भौतिक रुपमा कार्यक्रम स्थलमै उपस्थित भई हौसला बढाइदिनुभएकोमा सबै सबैमा एकमुस्ट हार्दिक कृतज्ञता प्रकट गर्नुभएको थियो । यस आयोजनाले संसारभर छरिएर रहनुभएका नेपाली नेपालीबीच आपसी समझदारी, भाइचारा र दिगो सम्बन्ध स्थापित गर्नुको साथै विभिन्न कारणबस दुःख, पीडा र समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्नका लागि थोरै मद्दत मिलेको छ । संस्थाको उद्देश्यनुरुप विभिन्न समयमा विभिन्न व्यक्ति, संघसंसथा तथा आपत विपदमा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएको जानकारी गराउनुभएको थियो । उहाँले आगामी दिनहरुमा पनि संस्थाको उद्देश्यनुरुप दुःख, पीडा र समस्यामा परेका विभिन्न व्यक्तिहरुलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यक्रलाई समापन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here