नेवार समाज अमेरिकाको दोस्रो भेटघाट ओहायो क्लीवलेंडमा: सांस्कृतिक एकता र समर्पणको उत्सव” 

0
347

नेवार समाज अमेरिकाले दोस्रो पटक भेटघाट ओहायोको क्लीवल्याण्डमा सेप्टेम्बर १ तारिखदेखि गर्ने भएको छ। उक्त कार्यक्रमका प्रचारप्रसार संयोजक कमल प्रधानले अमेरिकामा रहेका नेवार जातिहरूको विभिन्न कला, साहित्य र सांस्कृतिक पहिचानहरू देखाइने जानकारी गराउनु भएको छ। नेवार जातिमा एकता मा बल छ, विछेदमा पतन” मुल उदेश्यका नाराका साथ , नेवारिहरूमा  साझा लक्ष्यहरू प्राप्त गर्न र चुनौतीहरू पार गर्न एकता र सहकार्यको महत्वलाई जोड दिदै बिसाल कार्यक्म हुन् बताएं । 

अध्यक्ष गणेश प्रधानले जेष्ठ नागरिक तथा कलेज उत्तीर्ण गरेका नेवारी विद्यार्थीहरूलाई पनि प्रोत्साहनका लागि सम्मान गरिने बताउनु भएको छ। सचिव भक्त प्रधानले कार्यक्रमका प्रमुख आकर्षणहरूको पूर्ण तयारी भइसकेको र विभिन्न सरोकारवालाहरूलाई निमन्त्रणा पठाइसकिएको जानकारी गराउनु भएको छ।

त्यसैगरी, मनोरञ्जनका लागि प्रत्येक राज्यबाट नेवारी नृत्य र अन्य कोशेलीहरूको तयारी भएको सांस्कृतिक संयोजक नारायण प्रधानले बताए। नेवारी युवाहरूको समाजमा दायित्व र विकासक्रमका बारेमा महत्वपूर्ण प्रशिक्षण भइरहेको र स्वयंसेवकहरूको कार्य विभाजनमा काम भइरहेको युवा तथा स्वयंसेवक संयोजक द्रौपदी प्रधानले जानकारी दिइन्।

यस अघि पिट्सबर्गमा पहिलो भेटघाट कार्यक्रमले ऐतिहासिक माहोल बनाइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here