इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अमेरिकाबाट पथरी नगर अस्पताललाई एम्वुलेन्स प्रदान

0
58

अर्जुन प्रधान, २१ साउन: इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अमेरिकाले पथरी नगर अस्पताललाई सोमबार विधिवत रुपमा उद्घाटन गरी एम्वुलेन्स प्रदान गरि सञ्चालनमा ल्याइएको छ।

पथरी शनिश्चरे नगरपालिकाको परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख मोहनप्रसाद तुम्वापोले रिवन काटेर एम्वुलेन्सको चाबी चालकलाई हस्तान्तरण गर्दै सो एम्वुलेन्सलाई सञ्चालनमा ल्याउनु भयो। नगर प्रमुख तुम्वापोले एम्वुलेन्सको सहयोगका लागि “इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशनलाई धन्यवाद ज्ञापन गर्दै पथरी नगरका नागरिकहरूको स्वास्थ्य सेवा सुधारमा ठूलो योगदान हुने विश्वास व्यक्त गर्नुभयो। साथै, उनले आगामी दिनहरूमा पनि यस किसिमका सहयोग कार्यक्रम जारी रहने अपेक्षा राखेका छन्।”

कार्यक्रममा नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, इन्ट्रा फाउन्डेशन नेपालका संयोजक राम बानियाँ, वडाअध्यक्षहरू नैना राई, लोककिरण न्यौपाने, वीरबहादुर राई तथा नगर खेलकुद विकास समितिका संयोजक दीपक राईको उपस्थिति थियो।

फाउन्डेशन तेस्रो देश पुनर्वास भएका भूटानी शरणार्थीहरूले स्थापना गरेको संस्था हो। यस संस्थाले भूटानी शरणार्थी प्रभावित क्षेत्रमा सृजनशील कार्यक्रम सहित आवश्यक परेका हरेक क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ।

कार्यक्रमको अन्त्यमा, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले एम्वुलेन्सको प्रभावकारी प्रयोग गर्न र नागरिकहरूलाई त्वरित स्वास्थ्य सेवा प्रदान गर्न सल्लाह दिएका छन्।

“नयाँ एम्वुलेन्सले पथरी नगरका नागरिकहरूको स्वास्थ्य सेवामा ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ। पथरि शनिश्चरे क्याम्पको दे क्यारमै राखिने इन्ट्रा फाउन्डेशन नेपालका संयोजक राम बानियाँ बताएं ।”

एक महिना भित्र “द भोइस अफ नेपाल ३का “ बिजेता किरण गजमेरले र इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अमेरिकाले दमक नगरपालीकालाइ एम्वुलेन्स दिने कार्यक्रम रहेको र त्यसलाइपनि बेलडागी एल्डरली डे केयरमा राखिने बानियाँ जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here