२१ वर्षीय युवक खुकुरीको प्रयोग गरी घर लुट्ने प्रयासमा पक्राउ 

0
67

डग्लस काउन्टी, नेब्रास्का —

डग्लस काउन्टी शेरिफ कार्यालयका अनुसार, आइतवार बिहान २१ वर्षीय युवकलाई माछेटी(खुकुरी)को प्रयोग गरी घर लुट्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएको छ। 

आइतवार बिहान करिब ५:५० बजे, एन ८८ औं र बेकर सडक नजिकको एक घरमा डकैती गर्न आएको रिपोर्ट अनुसार डिपुटीहरू घटनास्थलमा पुगेका थिए।

 शंकास्पत ब्यक्ति साजिन गुरुङले खुकुरि देखाएर घरमा प्रवेश गर्ने प्रयास गरेको आरोप लगाइएको छ। घरको अगाडिको ढोकामा ठूलो क्षति पुर्‍याएको र घटनाको क्रममा मृत्युको धम्की दिएको डग्लस काउन्टी शेरिफ कार्यालयले बताएको छ।

साक्षात्कार र प्रमाण संकलनपछि डिपुटीहरूले गुरुङलाई शंकाको रूपमा पहिचान गरेका थिए र उनलाई कुनै घटना बिना पक्राउ गरिएको थियो। सोधपुछ पछि गुरुङमाथि आतंकवादी धम्की, अपराध गर्न हतियारको प्रयोग, र आपराधिक दुष्कर्मको आरोप लगाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here