टप गोल्फ पार्किङमा भएको आक्रमणमा संलग्न तीन व्यक्ति पक्राउ

0
75

न्याशभिल, टेन्नेसी –

न्याशभिल टप गोल्फ पार्किङमा भएको आक्रमणको घटनामा संलग्न तीन नेपालीलाइ प्रहरीले पक्राउ गरिएको छ। 

४१ वर्षिय उमेश दाहालको मृत्युसँग जोडिएको उक्त घटनामा, जुन २९ मा नेपाली समुदायका सदस्यहरूसँग एक (मन्त्र ब्यान्ड) कन्सर्टमा सहभागी थिए। कन्सर्टको दौरानमा भएको  विवादलाई उमेशले साम्य पार्न खोज्दा उनलाई मुक्का हानेर जमिनमा डालेको र पछि टाउकोमा लात हानिएको थियो। उमेशको जुलाई २ मा मृत्यु भएको प्रहरीले जनाएको थियो । 

पुलिसले जुलाई १ मा २६ वर्षिय बिशाल राईलाई पक्राउ गरी आपराधिक हत्या अभियोग लगाएको छ। यसपछि, २४ वर्षिय रोशन सुब्बा र २२ वर्षिय किशोर तामाङ लाइ  पनि पक्राउ गरिएको छ र उनीहरूमाथि आपराधिक हत्या अभियोगमा तीनजना लाइ पुलिस हिरासतमा राखिएको टेन्नेसी प्रहरी कार्यलयले जानकारी दिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here