समाजसेवीद्वय मेघ सुवेदी र मोनु खड्काको सहयोगमा दुःखी गरीबलाई खाना वितरण

0
115

संयुक्त राज्य अमेरिका बस्दै आउनुभएका वरिष्ठ समाजसेवी एवम् कुशल व्यवसायी मेघ सुवेदी एवम् मोनु खड्काले काठमाडौंका विभिन्न सडकपेटी, पुल मूनी र ढलको पाइप भित्र भोक भोकै रात बस्न बाध्य वृद्ध, अशक्त, शारीरिक तथा मानसिक अपाङ्गता हुनुभएका सयौंको संख्यामा रहनुहुने दुःखी गरीब मानिसहरुलाई भोजन सेवा गराउनुभएको छ ।

                                          वरिष्ठ समाजसेवी श्रीमान मेघ सुवेदी एवम् श्रीमती मोनु खड्का

उहाँहरुले अमेरिकामा स्थापना गरिएको सिजल एण्ड सिस्टर नामक संस्थाबाट भोजन सेवा गराउनका लागि आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।

सिजल एण्ड सिस्टर नामक संस्था

समाजसेवी दम्पतिले मासिक रुपमा सहयोग गर्दै आउनुभएको छ । उहाँहरुले भोजन सेवाका लागि भोटुः इन्दिरा समाज कल्याण संस्थाद्वारा सञ्चालित फूड बैंक नेपाललाई मासिक पचास हजार सहयोग गर्दै आउनु भएको छ । विगत पाँच वर्षदेखी सञ्चालन भैरहेको उक्त भोजन सेवा कार्य प्रदिप घिमिरे, भीम गुरुङ र अर्जुन प्रधानको अगुवाइमा सञ्चालन भैरहेको छ ।

सजमाजसेवी मेघ सुवेदीले विभिन्न सामाजिक क्षेत्रमा आफूलाई स्थापित गर्दै आइरहनुभएको छ । परोपकार पुण्यायः “सेवा नै मनवीय सर्वोत्तम धर्म हो” भन्ने मूल मन्त्रलाई शिरोधार्य गर्ने सुवेदी इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको प्रमुख वित्त अधिकारी हुनुहुन्छ ।

विभिन्न क्षेत्रमार्फत आफूले सहयोग गर्दै आउनुभएका मेघ सुवेदीले दुःख, पीडा र समस्यामा परेका हरकोही मानिसहरुलाई थप सहयोग पुर्याउने पवित्र उद्देश्यले पुनः २०२३ सालमा अर्को एक सिजल एण्ड सिस्टर्स नामको कम्पनी स्थापना गरी ट्रकिङ व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । यस कम्पनीको मुनाफाबाट पनि विभिन्न क्षेत्रमा आफ्नो परोपकारी हातहरु फैलाउँदै आउनुभएको छ ।

विगत ८ वर्षदेखी समाजसेवा जस्तो परोपकारी कार्यमा आफूलाई परिचीत गराउँदै आउनुभएका सुवेदी, सहयोग गर्नकै निमित्त अमेरिकोदखी नेपाल आई केही महिना अगाडी जाजरकोटमा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउने मृतकका १६० परिवारलाई नगद रु १५ हजारको दरले २४ लाख सुवेदीले आफ्नै हातबाट नगद सहयोग हस्तान्त्रण गर्नुभएको थियो भने त्यहाँ भएका घाइतेहरुको उपचारार्थ अन्दाजी १८ लाख सहयोग हस्तान्त्रण गर्नुभएको थियो ।

जाजरकोटबाट फर्के लगतै झापा गई शरणार्थी शिवरमा पुष माघको कठ्याङ्ग्रिँदो चिसोबाट बचाउनको लागि २ हजार घरधुरीलाई ३५ लाखको २ हजार थान ब्लाङ्केट आफ्नै हातबाट हस्तान्त्रण गर्नुभएको थियो ।

सुवेदीले नेपालका वर्षौदेखी काठमाडौंमा ३ वटा अनाथालयलाई मासिक ३ लाख सहयोग प्रदान गर्दै आउनुभएको छ भने शरणार्थी शिविरमा खेलकुद, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका क्षेत्रमा पनि उत्तिकै सहयोग गर्दै आउनुभएको छ । हामीले सोधिएको प्रश्नमा उहाँ भन्नुहुन्छ,

“दुःख के हो मैले बुझेको छु, राम्रोसँग अनुभव गरेको छु, त्यही भएर पनि मैले सकेको सहयोग गर्नुपर्छ । मैले नगरे कस्ले गर्छ ? अहिने नगरे कहिले गर्ने ?”

“दुःख के हो मैले बुझेको छु, राम्रोसँग अनुभव गरेको छु, त्यही भएर पनि मैले सकेको सहयोग गर्नुपर्छ । मैले नगरे कस्ले गर्छ ? अहिने नगरे कहिले गर्ने ?”

सकारात्मक सोचका धनी सुवेदीले हालसम्म करोडै रकम सहयोग गरिसक्नुभएको छ । अन्तमा मेघ सुवेदी भन्नुहुन्छः

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेत् ।

अर्थात सबै सुखी होउन, सबै रोगमुक्त रहुन, सबै मंगलकार्यको साक्षी बनुन, सबैले रिस राग त्याग गरून, कसैलाई पनि दुःख नहोस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here