समाजसेवी भीम गुरुङद्वरा माघे सक्रान्तिमा होमलेसलाई घ्यू, चाकु, लड्डु र तरुल वितरण

0
322

विगत एक दशक देखी संयुक्त राज्य अमेरिकाको ओमाहा शहरको नेब्रास्कामा स्थायी बसोबास गर्दै आएक भुटानी समाज नेब्रास्काका वर्तमान अध्यक्ष, बुद्दिष्ट समाज नेब्रास्काका फर्मर प्रेसिडेन्ट, ग्लोबल भुट्नीज साहित्यीक संगठनको फर्मर रिडर तथा आइमार्ट होलसेलका निर्देशक भीम गुरुङले काठमाडौंको खुल्ला आकाशमूनी चिसो सडक पेटीमा रात बस्न बाध्य भएका शयौं दुःखी गरीब, अशक्त एवम् असहाय भएका व्यक्तिहरुलाई माघे सक्रान्तिका दिन राती घ्यू, चाकु, लड्डु र तरुल खुवाएका छन् । समाजसेवामा सक्रिय युवा समाजसेवी एवम् कुशल व्यवसायी गुरुङले विभिन्न समाजिक सेवामा क्षेत्रमा सक्रियता बढाउँदै आएका छन् । उनले विगतका वर्षहरुमा पनि होमलेसलाई घ्यू, चाकु, लड्डु र तरुल वितरण वितरण गरेका थिए । समाजसेवी गुरुङले भोजन खुवाउन पनि सहयोग गर्दै आएका छन् ।

भोजन दान, महाकल्याण’ सेवा नै धर्म हो भन्ने मुल मन्त्रलाई सिरोधार्य गेर्ने समाजसेवी गुरुङ समाजको उदाहरणीय पात्र हुन् ।

समाजसेवी एवम् बौद्धिक व्यक्तित्व भीम गुरुङ एक कुशल कलाकार पनि हुन् । उनी हरेक विधामा उत्तिकै दख्खल राख्दछन् । गुरुङले काठमाडौंमा रहेका युवा समाजसेवी प्रदिप घिमिरेले कोरोनाको समय देखी थालनी गरेको प्राण बचाउने भोजन सेवा जस्तो पूण्य कार्यलाई साथ सकेको सहयोग र हौसला दिनलाई अनुरोध समेत गरेका छन् ।

नेपालमा कोरोना भाइरसको सुरुवाती चरणदेखी सञ्चालन भएको तातो खाना अभियान निरन्त जारी छ । विविध कारणबस एक छाक खान नपाएर सडक पेटीमा बस्नेहरुका लागि युवा समाजसेवी प्रदिप घिमिरे अमूल्यले तातो खाना अभियान सञ्चालन गरेका थिए । उक्त कार्य आजका मितिसम्म पनि सञ्चालनमा रहेको छ ।

युवा समाजसेवी घिमिरेले सञ्चालन गरेको पूण्य कार्यमा स्वदेश तथा विदेशमा भएका मनकारी व्यक्तिहरुले जन्मोत्सव, विवाह उत्सव, अन्नप्राशन, पितृहरुको स्मृती एव् स्वच्छीक रुपमा सहयोग पुर्याउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here