गायक निलमणि भण्डारीले ल्याए ऐतिहासिक गीत भुटान घटना भाग-१

0
5848


सहयात्री ढकाल/कोलम्बस
गायक निलमणी भण्डारीले नेपाली भाषी भुटानीको सत्य घटनामा आधारित गीत भुटान घटना भाग-१ बजारमा ल्याएका छन।

गत १७ डिसम्बर भुटानको राष्ट्रिय दिवसको अवसर पारेर उक्त गीत चाँदनी युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन।

बिगत दुई दशक देखि नेपाली लोक गीत संगीतमा कृयासिल रुपमा लागेका गायक तथा सर्जक नीलमणी भण्डारीले पछिल्लो समयमा नेपाली भाषी भुटानी हरुको सत्य घटनामा आधारित ऐतिहासिक गीत भुटान घटना भाग-१ बजारमा ल्याएको कुरा ग्लोबलपोष्टलाई बताउछन।

त्यसै गरी उक्त गीतको लय,शब्द नीलमणी भण्डारी आफ्नै रहेको छ भने स्वर नीलमणी भण्डारी र अस्मि क्षेत्री को रहेको छ।

ऐतिहासिक गीत भाग एकमा भुटान देखि नेपालको माईधार सम्म आईपुग्दा को कथा समेटिएको कुरा गायक निलमणी बताउछन।

त्यसै गरी कसरी यस्तो भिडियो बनाउने सोच आयो नि ? भन्ने प्रश्नमा गायक निलमणी भन्छन: ‘नेपाली भाषी भुटानीहरु नेपाल आउँदै गर्दा म पाँच सात वर्षको मात्रै थिए।’
उनि थप्छन “त्यो बेलाको हजुरुको घटना मेरो मानसपटलमा गुञ्जीरहेको छ।”मेरो घर पनि शिविर नजिकै अर्जुनधार रहेको छ।’ उनि बताउछन।

म चाहिँ देश बिदेशको घटनालाई गीत बनाएर गाउने गर्छु र मेरो पेशा भनेको त्यही हो।’
उनिले भने।’तसर्थ मैले नेपाली भाषी भुटानीहरुको घटनालाई लामो समय सम्म अध्याय गरेर गीत मार्फत वहाँहरुलाई सम्मान गरेको हो’।

त्यसै गरी उनको दुखेसो पनि बताउछन :’ हजुरले समाचार बनाउदा पनि यसरी नै लेखिदिनु होला
यदा कता कुराहरु आकाछन की हामी शिविरमा बस्दा चाहीँ वस्ता नगर्ने तर अहिले विभिन्न बिकाशित देशहरु गए पछि वास्ता गर्ने भन्ने कुरा आका छन।उनि बताउछन।

‘नितान्त त्यस्तो केही पनि होइन म मात्र सिर्जना गर्ने व्यक्ति बिगत दिन देखि नै घटनाक्रमको गायक भनेर चिन्छन।’
उनि थप्दै अगाडी भन्छन: हजुरहरुको कथा व्यथालाई समेटेको मात्रै हो ।कुनै डलर कमाउनु छैन र आशा पनि छैन म आफै पनि शारिरिक रुपमा अशक्त र प्रकृतिले ठगिएको मान्छे ।’
कुनै अपेक्षा पनि राख्दिन म हजुरहरुको गीत गाएर अथाह पैसा कमाएर म धढाड्य बन्नु पनि छैन।’ उनले आफ्नो दुखेसो यसरी पोखे।

साथै,उनको तेस्रो देशको नागरिक बनेर अमेरिका लगायत बिभिन्न मुलुकमा पुनर्वास भएका सम्पूर्ण नेपालीभाषी भुटानी आमा बुबा दाजु भाई तथा दिदी बहिनीहरु माझ यो भिडियो पुगोस् भन्ने चाहना रहेको बताउछन।

यसै गरी क्रमशः भाग २ बाट सात ओटा शिविरमा गएर छायांकन गर्ने नीलमणी ले बताएका छन्।

प्रमूख पात्रका रुपमा नीलमणी भण्डारी, अस्मि क्षेत्री, लक्ष्मण आचार्य रहेका छन् भने निर्देशन शिवन पोखरेलले गरेका छन्।

क्रमशः भाग दुई बाट यस गीतका लागि रेनोल्ड्सबर्ग शहर काउन्सिलमैन भुवन प्याकुरेलको महत्वपूर्ण योगदान रहने कुरा उनले जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here